Loading...
१७ हजारको हत्या गर्नेलाइ छुट, आम जनता र रेशम चौधरीकालागि जेल, आखिर कहिले सम्म ?

बद्रि नाथ झा

न्याय मरेको देश……..
रेशम चौधरी नेपाल सरकारको षड्यन्त्रमा फसाइन्छ रौतहटका हत्यारा सांसद जिउदै मान्छेलाई ईटा-भट्टीमा जलाउछन। युद्ध नाम अबोध बालक सहित चितवनको बादंरमुडेमा हत्या उदेश्यले गरिएको अमानविय हत्यालाई कसले समाउने,कानुनि राज्यको उदाहारण दिनेहरू यो हत्या हो कुनै दोहोराे भिडन्त कुनै हालत मा हैन,यि अबोध अात्माले न्याय पाउनु पर्यो ,युद्द नियममा जनता चढेको गाडिमा एमबुस हाल्ने पक्कै पनि होइन। एस्ता धेरै घटना छन जस्को अहिले सम्म छिनोफानो
भएको छैन।

१७ हजार आम जनताको हत्या गर्ने लाइ छुट र आम जनताकोलागि जेल आखिर कहिले सम्म?एस घटना हुदा म चितवन मै म अध्यनरत थिए र नेपाल टेलिभिजन ले प्रसारण समेत बन्द गरेको ज्ञात छ। माडि र चितवनमा कोहराम नै मच्या थियो करिब २०६०-२०६१ को कुरो हो।

दोषी वा मुख्य नाइके खोज्ने हो भने इतिहास पनि पल्टाउनुस एउटा जनताको हैसियतले झापा आन्दोलनका कम्युनिस्ट बिद्रोही मध्ये एक केपि ओलिमाथी कारवाही गर्ने माग गर्दछु, माओबादीका तात्कालिन मुखिया प्रचन्ड र बाबुरामको हातमा हत्कडीको माग गर्दछु,

कानुन सबै को लागि बराबर हुनु पर्छ तर देश भित्र फरक फरक कानुन रहेकोे छ।नेपाल को कानुन ठुलो बडा पहुच भएको लागि हो उनीहरु न्याय छिटो पाउँछन् तर गरिब पीडित नेपाली आम जनता न्याय को लागि लडदै लडदै प्राण को आहुती दिन्छ्न। भनेर वा लेखेर भासण गर्दै मा समाधान हुदैन यहाँ कानुन लेखाइमा मात्र सिमित देखियी र यो कानुन केही
ब्यक्ति विशेषको लागि मात्र बन्या हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *