Loading...
मधेशसँग गदारी गर्ने पार्टीलाइ सावधान रहन अध्यक्ष तथा मन्त्रि यादबको चेतावनी

समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले आज गरुडा चिनि मिलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा वृहत पार्टी प्रवेस कार्यक्रमम सम्पन्न भएको छ । कार्यक्रममलाई सम्बोधन गर्दै प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र यादव बोल्दै मधेश र मधेशीको अधिकार एक मात्र पार्टी समाजवादीले नै मात्र दिन सक्ने भन्दै मधेशसँग गदारी गर्ने पार्टीसँग सावधान रहन जोड दिएका थिए । उहाले मधेशी जनता संग गदारी गर्ने तथा मधेश संग गदारी गर्ने पार्टी लाइ समेत सचेत रहन चेतावनी दिनु भएको छ ।
कार्यक्रममा युवा नेता राजकुमार दासले स्वास्थ्यकर्मीहरुको हुन गइरहेको समायोजनमा पहिला स्थानीय स्वास्थ्यकर्मीहलाई प्राथमिकता दिन पार्टी अध्यक्ष एवं स्वास्थ्य मन्त्री यादवलाई ध्यानाकर्षण गराएका थिए ।
समाजवादी पार्टी नेपाल रौतहटका अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न पार्टी पत्यिाग गरी दुई सय भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
समाजवादीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेस गर्नेहरुलाई माला र टिका लगाएर आफना पार्टीमा स्वागत गर्नुभएको छ ।
कार्यक्रममा हजारौको संख्यामा मानिसहरुको उपस्थिती रहेकोले कार्यक्रम भव्य भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *