
ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टीमा कार्यरत तथा स्थानीय समाजसेवी युवाहरूलाई पार्टी प्रवेश गराएका छन् । उनले ललितपुरको ग्वार्कोमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो । भुक्तानीका लागि दिएको चेकको पैसा लिन जाँदा बैंक खातामा पैसा नभए जस्तै उनीहरूले भनेको समाजवादमा समाजवादको ‘स’ पनि छैन ।’ महालक्ष्मी नगर समतिका अध्यक्ष दीपा थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा पुस्पराज राजकर्णीकार, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज राजन केसी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सहइन्चार्ज लालवहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद सदस्य बिनोद नेपाली लगायतले समाजवादी पार्टी देशको वैकल्पीक राजनीतिक शक्ति बनेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डीत लगायत ८१ जना व्यक्तिहरू पार्टी प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू उत्तम लामा, मानवहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महत लगायतले पनि नवप्रवेशीहरूलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने अधिकांश नेकपा का कार्यकर्ता रहेका छन् l
Facebook Comments