Loading...
बिरामीको निधनपछि अस्पताल तोडफोड, ४० राउण्ड अश्रुग्यास प्रहार, १२ पक्राउ, ६ प्रहरी घाइते

चितवन — भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको निधन भएपछि मृतकका आफन्तहरुले विरोध प्रदर्शन गरेको छ । आइतबार बिहानै देखि को प्रदर्शन साझ पौने ५ बजे तिर तनाब ग्रस्त बनेको थियो पिनासको उपचारका लागि आएकी उनको असोज २७ गते नाकको शल्यक्रिया भएको थियो। मृतकका श्रीमान टुकनारायण ज्ञवालीका अनुसार शल्यक्रियापछि आशाको अवस्था बिग्रदै गयो र शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । अस्पताल परिसर पस्ने गेट र भवन छिर्ने ढोकै मै ढुङ्गा मुढा प्रहार गरेका कारण तोडफोड भएको छ तोडफोड पछि प्रहरी ले भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो। चितवन प्रहरीका प्रबक्ता डि एस पी एक नारायण कोइराला का अनुसार ४० राउण्ड अश्रु ग्यास प्रहार भएको थियो तोडफोड गरेको आरोपमा १२ जना पक्राउ परेका छन् भने प्रहरी तर्फ ५-६ जना घाइते भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *