Loading...
समाजवादी धनुषाको समायोजन सम्पन्न, उपनिर्वाचनमा जुट्न प्रदेश अध्यक्ष यादवको निर्देशन

जनकपुर , कार्तिक ४ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच एकीकरण पछि गठन भएको समाजबादी पार्टी नेपाल धनुषा समायोजन सम्पन्न भएको छ ।
समायोजित समितिको उपध्यक्ष मा ज्ञान कुमार यादव , अम्बु साह, सचिवमा घनश्याम यादव लगायत चयन भएको छ ।
कार्यक्रम मा प्रमुख अतिथी पार्टीका विजय कुमार यादवले मसिर मा हुन लागेको उपनिर्वाचनमा जुट्न नेताकार्यकर्ता लाई निर्देशन दिनुु भएको छ ।
उपनिर्बाचनको परिणाम सम्बधित समितिको मार्कसिट हुने उल्लेख गर्नु हुदै अध्यक्ष यादवले अहिले देखि नै चुनावमा होमिन आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमा शकर अरगरिया, केन्द्रिय सदस्य महाजन यादव, उमेश साह, प्रदेश उपाध्यक्ष सुशील यादव , कोषाध्यक्ष रेणु यादव, धनुषा जिल्ला इन्चार्ज राम आशिष् यादव सहितका वक्ता हरुले नवनिर्वाचित पदाधिकारी एव सदस्यहरुलाई बधाई दिदै नेता तथा कार्यकर्ताहरुलाई जोस जागरका साथ सङ्गठन निर्माणमा जुटन आग्रह गर्नु भयो । नबगठित कार्यसमितिको घोषणा प्रदेश समिति का मुख्यसचिव शम्भु झाले गर्नु भएको थियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *