Loading...
जनताको बिस्वासमाथि खडा उत्रिन हरेक जनताको घरमा पुगेर समस्या बुझ्छु – अरगरिया

समाजवादी पार्टी कमला नगरपालिका धनुषाले नगर स्तरीय शुभ दिपावली ,छठपर्व र पुर्णिामाको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का संघीय सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथ्यमा चियापान कार्यक्रम भएको हो । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले यहाँ सिँचाइको अभाव रहेकाले यस वर्ष सिँचाइमा जोड दिने बताए ।

कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई शुभकामदा दिँदै उनले भने, ‘सिँचाइ अभावले सबभन्दा बढी समस्या किसानले झेलिरहेका छन् । त्यसैले अब सिंचाइमा विशेष वजेट खर्चिन आवश्यक छ ।’ उनले यस क्षेत्र सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसतर्फ पनि ध्यानाकर्षण भएको बताएका थिए ।

समाजवादी पार्टीले शुरु गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रम अन्तर्गत कमला नगरपालिका वडा नं.१ जनता मा.वि.मंगराहामा स्थानीयहरु संग भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन् |

तिहार , छठ र पुर्णिामाको अवसरमा संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा ‘शुभकामना´आदानप्रदान कार्यक्रम शुरु गरेका हुन् ।

संसदको अर्को अधिवेशन शुरु नहुँदासम्म आफ्नो क्षेत्रका जनताको समस्यालाई मध्य नजर राख्दै कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीय को समस्या बारे जानकार भइ समाधान तिर लागने सांसद अरगरियाले बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र सlमlधान गर्ने तर्फ़ उन्मुख रहेका सांसद अरगरियाले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले आफ्नो क्षेत्रका जनता , नेताकार्यकर्तासंग भेटघाट र उहाँहरुको समस्या समाधानका लागि कार्यकर्ताको माझ गएर कार्यक्रम शुरु गरेको बताए ।

उनले भने क्षेत्र न.२ का जनता ले बिस्वास गरि मलाई निर्वाचित गराएको छ र म जनता को माया र बिस्वास माथि खडा उत्रिन आफु प्रतिबध रहेको भन्दै उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए ।

क्षेत्रमा विभिन्न समुदाय ,दलित , युवा , बृद्ध बृद्धा,राजनीतिक कर्मी ,बुद्धिजीवी , किसान ,मजदुर , महिला तथा अन्य स्थानीय संग भेटि समस्या,गुनासो , बिकाश का योजना बारे बुझेका सांसद अरगरिया आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र सथानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे |

कार्यक्रमका बिशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य अरुण सिंह थिए । जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, जिल्ला सदस्य रामेश्वर यादव, लाल बहादुर यादव, युवा नेता विनोद रोहिता, ओम प्रकाश मण्डल लगायतको उपस्थिति रहेको थियो ।

साथै वडा अध्यक्ष राजकुमार यादव, बिशेश्वर यादव, राजेश्वर मरिक, कमला नगरका नेता दानी मण्डल, छठु मण्डल, लक्षमेशवर यादव, महिला नगर अध्यक्ष सुनिता साह, नगर युवा अध्यक्ष रामकुमार साह र कार्यक्रम संचालक त्रिलोक महतोले पनि कार्यक्रममा सहभागी भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *