Loading...
समाजवादी पार्टीका नेता यादवको निधन, समाजवादी पार्टीलाई अपूर्णिय क्षति

ओम प्रकाश यादव कार्तिक ४ गते रौतहट । समाजवादी पार्टीका नेता लक्ष्मी नारायण यादवको आज निधन भएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया घर भएका नेता यादवको आज विहान ७६ वर्षको उमेरमा निधन भएको हो । निकै लामो समय देखी समाजवादी पार्टीमा सक्रिय रहनुभएका नेता यादवको निधनले समाजवादी पार्टीलाई अपूर्णिय क्षति पुगेको छ । मृत्क यादवको आजै अन्त्येष्टि गरिएको छ । उहाँको मत्युप्रति समाजवादी पार्टीले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्नको लागि भगवानसँग कामना गरेको छ । समाजवादी पार्टीले उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै पार्टीको झण्डा ओढाएर हार्दिक श्रधाञ्जली अर्पण गरेको छ । पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवका विकास प्रतिनिधि राम नरेश यादव स्वर्गीय नेता यादवको शरिरमा पार्टीको झण्डा ओढाएर श्रधाञ्जली अर्पण गरेका छन । राज्य मन्त्री यादव कार्य व्यस्तताका कारणले आउन नसकेपछि उहाँको सटा विकास प्रतिनिधि राम नरेश यादवले नै सहभागि भई श्रधाञ्जली दिएका हुन । असमायिक निधन भएका नेता यादवलाई श्रधाञ्जली दिन माधवनारायण नगरपालिकाका प्रमुख विरेन्द्र यादव, नगर कमिटि अध्यक्ष हरिनारायण यादव लगाएतका नेताहरु प्ुगेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *