
सुभा– ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा आज ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण अहिले सम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ । –सिन्ह्वा
Facebook Comments