Loading...
तमु समाज हङकङदवारा १२ विद्यार्थीलाई छात्रवृत्ति बितरण, पन्चैबाजासहित भव्य स्वागत

हुम तमु
पोखरा, ४ कार्तिक
चारभन्ज्याङ तमु समाज हङकङले चारभन्ज्याङ अन्तर्गत पोखरधारास्थित तिन्धारे आधारभुत बिद्यालय, फलामखानीस्थित फलामखानी आधारभुत बिद्यालय र डाडाकटेरीस्थित मदन आश्रित माध्यमिक बिद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ । कार्तिक ३ गते तिनैवटा बिद्यालयमा कार्यक्रम आयोजना गरि चारभन्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङले छात्रवृत्ति बितरण गर्नुभएको हो । छात्रवृत्ति पाउनेहरुमा तिनवटै बिद्यालयका उत्कृष्ट अंक प्राप्त गरेका चार चार जना विद्यार्थी रहेकाछन । तिनधारे आधारभुत बिद्यालयकी सलिना घले र सुवास कुवरले जनही ४ हजार, सन्ध्या दर्जी र दिनेश दर्जीले दुई दुई हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गरे । फलामखानी आधारभुत बिद्यालयका झरना बिक र हिरामाया बिकले चार चार हजार, बिजयकुमार बिक र आशिषकुमार बिकले दुई दुई हजार रुपैया छात्रवृत्ति हासिल गरे भने मदन आश्रित माबी डाडाकटेरीकि दिक्ष्या लामा सुनार र बिश्वास क्षेत्रीले चार चार हजार रुपैयाँ, सरिश्मा क्षेत्री र सुमित सुनारले दुई दुई हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गरेका थिए ।
तिन्धारे आधारभुत बिद्यालय पोखराधारामा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकुमार कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गंगाबहादुर गुरुङ, आइसिसी महासचिव हुमबहादुर गुरुङ, वडाध्यक्ष मनबहादुर कुवर, बलबहादुर केसी, पारसिङ गुरुङ, अमृत प्रसाद रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो । पन्चैबान्जासहित भव्य स्वागत गरिएको फलामखानी आधारभुत बिद्यालयमा वडा सदस्य समीर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गंगाबहादुर गुरुङ, हुमबहादुर गुरुङ, पारसिङ गुरुङ, प्रधानाध्यापक गोबिन्द बहादुर बिक, शिव पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने नृत्य र अतिथिहरुलाइ विभिन्न समुहगत स्वागत गरिएको थियो ।
यस्तै गरि मदन आश्रित माबी डाडाकटेरीमा ब्यवस्थापन समिती अध्यक्ष बलबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गंगाबहादुर गुरुङ, हुमबहादुर गुरुङ, पारसिङ गुरुङ र प्रधानाध्यापक खडक बहादुर क्षेत्रीle बोल्नुभएको थियो ।
दुई बर्ष अघि चारभन्ज्याङ तमु समाज हङकङले २ लाख रुपैयाको शैक्षिक अक्षयकोष स्थापना गरि उक्त बिद्यालयका पठनपाठनमा उत्कृष्ट बिद्यार्थीहरुलाइ ब्याजबाट छात्रवृत्ति बितरण सुरु गरिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *