Loading...
कहिँ कतै चर्चा नगरिएको प्रदेश २ को बाबा ताल, जसले संसारभरि नै दिलाउन सक्छ छुट्टै पहिचान

रामनारायण कापडि
जनकपुरधाम । प्रदेश नं. २ को हरेक जिल्लामा धार्मिक पर्यटकीय स्थलहरु आ–आफ्नै स्वरुपमा ख्याती प्राप्त गरेका छन् ।
वर्षोैं देखि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रहेको धार्मिक स्थलहरुको पहिचान गरि प्रदेश सरकारले यस तर्फ ध्यान पु¥यान सके प्रदेश नं. २ लाई धार्मिक पर्यटकीय स्थलको रुपमा संसार भरि नै पहिचान दिलाउन सकिन्छ । खास गरी कन पहाडमा भएको ताल तलैयाको बारेमा नेपालमा धेरै नै बर्णन सुन्न पाइन्छ भने कतिपय मिडियाले त्यसलाई धेरै नै प्राथमिकता दिएर समाचार प्रकाशित गर्ने गरेको छ ।तर प्रदेश न २ अर्थात मधेशमा भएको तालको बारेमा कतै पनि बर्णन गरेको वा समाचार प्रकाशित गरेको पाइदैन आज हामी मधेश अर्थात सिरहा जिल्लामा रहेको बाबा तालको बारेमा यहाहरुलाई जानकारी गराउछौ ।  सिरहा जिल्लाको बन्दीपुर पनि बाबा ताल को संरक्षण–सम्बद्र्धन गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा आफ्नो पहिचान बनाउन तिर उन्मुख रहेको छ ।
बन्दीपुर चोक देखि दुई किलोमिटर उत्तर तर्फ रहेको बाबा तालको मनोरम दृश्य अवलोकन गर्न एवं मोक्षेश्वर महादेव भगवानको दर्शन गर्ने पर्यटकहरुको दिनभरि नै आन–जान लागि रहको हुन्छ । पर्यटकहरुलाई लोभ्याउन बाबा तालमा बोटको व्यवस्था गरिएको छ । प्रति व्यक्ति २५ रुपैया शुल्क राखिएको बोटिंग गर्दा चारै तिरको मनोरम दृश्यले मन लोभ्याउने. गर्दछ ।
पहाड एवं जंगलको मुहानमा रहेको बाबा तालमा चारै तिरको दृश्य हेर्नका लागि हाल ५ तले भ्यूज टावरको निर्माण अन्तिम चरणमा छ । निर्मानाधिन भ्यूज टावर बाट हेर्दा नन्दमोहरी पहाड स्पष्ट देखिन्छ । स्थानिय अंजनी कुमार दाहालका अनुसार बाबा ताल र नन्दमोहरी पहाडको बाटो लाई लिंक गरि दिएको भए अझै विस्तारित पर्यटकीय स्थल निर्माण हुने थियो । जे होस बाबा तालमा पुग्ने वित्तिकै बडो मनोभाव रुपमा शान्तिको आभाष हुने गर्दछ । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *