Loading...
सरकारबाट हट्ने कि नहट्ने बारेमा समाजवादी अझै अनिर्णयको बन्दी, सरकारबाट हटे के हुन्छ ?

केहि सर्त सहित सरकारमा सगभागी भएका देशको तेस्रो ठूलो पार्टी समाजबादी पार्टी सरकारमा गएको १८ महिना बित्दा समेत संबिधान संशोधन नभए पछि सरकारमा बस्नुको औचित्य नभएको पार्टी कै नेताहरुको भनाइ रहेको छ । ८ महिना अगाडि तत्कालिन नया शक्ति संग एकता गर्दा पनि अत्त्कालिन संघिय समाजबादी फोरम नेपालले तत्काल सरकार छाड्ने भनेको थियो तर अहिले सम्म पनि सरकार नछ्डेपछि नया सक्ति निकटका नेताहरु सरकार छाड्नु पर्ने भन्दै दबाब दिदै आएका छन् । हुनत विभिन्न कार्यक्रमहरुमा समेत केन्दिय अध्यक्ष उपेन्द्र यादव ले अब सराअक्र छाडेर सडक मा गइ आन्दोलन चर्काउने भन्दै आएका छन् ।
विधान संशोधनको माग पूरा नभएको भन्दै सरकारमा सहभागी समाजवादी पार्टी्भित्र सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा छ । एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ’ भनिरहेको छ भने अर्को पक्ष ‘बैठकको एजेन्डा तय नभएको’ दाबी गरिरहेको छ। समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले आगामी केन्द्रीय समितिको बैठकले सरकारका बारेमा निर्णय लिने नेपाल समाचारपत्रलाई बताए । उनले भने– ‘संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएका हौं, संविधान संशोधन हुँदैन भने सरकारमा सहभागी हुनुको औचित्य छैन।’ ‘सरकारबाट हटेर संविधान संशोधनको एजेन्डा लिएर जनताका बीचमा जानुको विकल्प छैन।’ –नेता श्रेष्ठले भने । आजको नेपाल समाचारपत्र प्रकाशित समाचार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *