
ब्रम्हानन्द ठाकुर ।
५ कातिक, जनकपुरधाम । नेपाली सेनाले ज्यान बचाएको सुन्दा धेरै लाइ अचम्म लाग्न सक्छ त्यो पनि अस्पताल बाट बेला बेलामा बिभिन्न कारण बश चरम लापरवाही तथा क्रियाकलाप ले सेनाको आलोचना समेत हुने गर्दछ तर समय समय मा नेपाली सेनाले देखाएको बहादुरीको कारण नेपाली सेना लाइ बर्सौ सम्म नेपाली ले बिर्सन सक्दै चाहे त्यो लडाई होस् वा बाढि पहिरो बाट नेपाली जनता को ज्यान जोगाउने कुरा जब देश मा बिभिन् काल खण्ड मा अनेक किसिम को घटना घट्छ त्यति बेला सेना ले आफ्नो बहादुरी को परिचय दिइनै हाल्छ त्यसतै भएको छ अहिले जनकपुरमा ।रगतको अभावमा मृत्युको संघारमा पुगेका ७ दिनको एक बालकलाई नेपाली सेनाले रगत दिएर ज्यान जोगाएका छन । जनकपुर बाल अस्पतालमा रहेको ७ दिनको एक बालकलाई नेपाली सेना श्री श्रीनाथ गणका २ जना जवानले रगत दिएर ज्यान जोगाएका छन । महोतरीको जलेश्वर नगरपालिका ११ स्थित पिगौना बस्ने निलम रामले स्थानिय जनकपुर बाल अस्पतालमा छोरालाई जन्म दिएका छन तर जन्मिनै बितिकै सो बालकलाई निमोनिया र जन्डीस भएका कारण बालकको अवस्था नाजुक रहेको अस्पतालका चिकित्सक डा. जामुन सिँहले बताएका छन ।
सो बालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुखको सुरक्षामा खटिएका सो नेपाली सेनाका जवान अनिल मगर र महेन्द्र सिंह ऐरले रगत दिएर ज्यान जोगाएका हुन । मगरले ए पोजेटिभ र ऐरले ओ पोजेटिभ रगत दिएर बालकको ज्यान जोगाएका हुन । सो बालकलाई दुवै ग्रुपको रगत आवश्यक रहेकोले एकै साथ दिईएको जनाईएको छ । अहिले बालकको अवस्था खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ । जनकपुरधाममा बेला बेलामा रगतको अभाव हुने गरेको रेडक्रसले समेत जनाएको छ ।
Facebook Comments