Loading...
जनकपुरमा ठेकेदारहरु बीच गोलि हानाहान, एकको मृत्यु, धनुषाका डीएसपी कार्कीको यस्तो छ भनाइ

६ कात्तिक, काठमाडौं । जनकपुर उपमहानगरपालिका–१४ को प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् ।

जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको आज बिहान गोली हानी हत्या गरिएको छ । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई आज बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गर्नु भएको छ । साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नेपाल मा भने ठेकेदारहरुको बिचमा होलो हाना हान भएको यो पहिलो पटक होइन यस भन्दा अगाडि पनि यस्तो घटना थुप्रै घटी सकेका छन् । ‘ठेक्का पट्टाको विवादमा चौधरीले आफ्नै घरमा आएका निर्माण व्यवसायी साहको हत्या गरेको खुलेको छ’, डीएसपी कार्कीले संचारकर्मी हरुलाई जानकारी दिनु भएको छ भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ स्थानिय हरि साह का अनुसार यी दुवै जना बिच पहिले देखि नै बिबाद हुदै आएको थियो । जनकपुर मा समेत यस्तो घटना धेरै पटक घटिसकेका छन् । आपसी समझदारी मा गर्न खोज्ने तर नमाने पछि गोलि हानाहान गर्ने स्थानीय हरुको भनाइ रहेको छ ।

पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको ?’ भन्दै आवेशमा आएर मनोजमाथि गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गरेका पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् । प्रहरीले गोली हानी साहको ज्यान लिने चौधरीलाई नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीका अनुसार, उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ । तर साह र चौधरी बीच के कुरा मा ठूलो बिबाद भयो र के कुरा नमिल्दा गोलि चलाएर हत्या नै गर्नु पर्यो यो अनुसन्धान पछि मात्र खुल्ने डीएसपी कार्कीले जानकारी दिनु भएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *