Loading...
प्रचण्डको गफै धेरै, बिश्वास गर्न सकिन्न, बाबुराम जिरोमा आउट राजनीति सक्यो – मोहन बैध

प्यूठान । नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपा अध्यक्ष प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईका चर्को आलोचना गरेका छन् ।  तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाउनु भएको छ । प्रचण्ड र बाबुरामले कम्युनिस्ट सिद्धान्त भुलेको पनि उनको आरोप छ । नेकपा क्रान्तिकारी माओवादी प्युठानले गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले भन्नुभयो – प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ, अब बाबुराम सकिए ।’ १० वर्षे सशस्त्र जनयुद्धको बेला एउटै धारमा उभिएर जनयुद्ध सफल पारेका तपाईँहरु अहिले किन फरक फरक ठाउँमा हुनुभएको ? भन्ने प्रश्नमा वैद्यको यस्तो जवाफ थियो । उहाले भन्नु भयो -सरकारले विप्लव समूहलाई प्रतिवन्द लगाउनु गलत भएको उभन्नु भएको छ ।‘हामी सबै जनयुद्ध गरेको आएको हो, पछिल्लो समय सरकारको धरपकड अत्यन्तै बढ्दै गएको छ त्यसो गर्नु राम्रो होइन ।’

वैद्यले आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचन आफ्नो पार्टीले बहिस्कार गर्ने पनि बताउनु भएको छ । उहाले भन्नु भएको छ – अहिलेको सरकार बन्दाम अवस्थामा छ’‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उहाको भनाइ रहेको थियो । वैद्यले नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिएको भन्दै संविधानमा पनि नेपालको नक्सा नराखेको आरोप समेत लगाउनु भएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वैद्यले विप्लव समूहको आन्दोलन गर्ने तरिका सही नभएको बताउनु भएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *