Loading...
प्रदेश २ को सरकार गर्भमा हुने भ्रुण हत्या रोकेरै छाडने अध्यक्ष तथा मन्त्रि यादवको दाबी

ओम प्रकाश यादव कार्तिक ६ गते । रौतहट । प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले प्रदेश सरकार गर्भमा हुने भ्रुण हत्या रोकेरै छाडने दावी गरेका छन । छोरा हुँदा खुसी हुने र छोरी भएको थाहा पाउने वितिकै गर्भमै मार्ने प्रवृति बढेपछि प्रदेस २ सरकारले भु्रण हत्या रोक्न छोरीलाई जिवन विमा गर्ने कार्यक्रम ल्याएको राज्य मन्त्री यादवले बताए । छोरी अर्काको घरमा जाने र उसको विहे गर्नको लागि दाईजो पनि दिनुपर्ने भएको हुँदा रौतहट, बारा, पर्सा, सर्लाही लगाएतका जिल्लाहरुमा गर्भमै छोरी रहेको थाहाँ पाउने वितिकै भ्रुण हत्या गर्ने प्रवृति बढेपछि यसलाई नियन्त्रण गर्नको लागि सरकारले छोरी विमा कार्यक्रम लागु गरी भ्रुण हत्या रोक्ने निती लिएकोे उहाँले बताउनुभयो ।
रौतहटको गढिमाई नगरपालिका वडा नं ८ मावि विरनगरको प्रांगनमा आज आयोजित साइकल वितरण कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री याादवले यस्तो बताएका हुन ।  भ्रुण हत्या गर्नु कानुनी अपराध रहेको कुरा जानकारी हुँदा हुँदै पनि नरोकिएपछि प्रदेश सरकारले छोरी विमा कार्यक्रम र बेटि बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरेको कृषि राज्य मन्त्री यादवले बताए ।  तराईमा छोरालाई पढाउने र छोरीलाई स्कुल नपठाउने गरेका कारण प्रदेश सरकारले छोरीलाई साइकल वितरण गर्ने कार्यक्रम ल्याएको र यसले शिक्षा हासिल गर्नबाट बञ्चित रहेका छात्राहरु नियमित स्कुल जान थालेको निर्वाचन क्षेत्र नं १ को ख बाट निर्वाचित प्रदेश सांसद एवं कृषि राज्य मन्त्री यादवले बताए ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले चालु आर्थिक वर्षमा विरनगरामा रहेको पोखरीलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि १ करोड रुपैया छुटयाएको बताएका छन ।
आफनो विशेष पहलमा प्रदेस सरकारले उक्त पोखरीलाई सौन्दर्यीकरण गर्न र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न १ करोड रुपैया विनियोजन गरिसकेको मन्त्री योगेन्द्रय यादवले जानकारी दिनुभयो । कृषि राज्य मन्त्री यादवले मावि विरनगरा स्कुलमा एउटा छात्रा शौचालय र कम्पाउडवाल निर्माण गर्ने पनि घोष्णा गरेका हुन ।  यसै आर्थिक वर्षमा आफना संसदिय कोषको रकमबाट उक्त विद्यालयमा छात्रा शौचालय र कम्पाउडवालका साथै भौतिक संरचना पनि निर्माण गर्ने मन्त्री यादवले प्रतिवद्धता जनाउनुभयो । मुख्य मन्त्रीको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत कृषि मन्त्री यादवले आज छुटाछुटै कार्यक्रमका विच मावि विरनगर र मावि धर्मपुरमा ५०, ५० वटा गरी एकसय थान साइकल वितरण गरेका छन । कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई उक्त साइकल वितरण गरिएको राज्य मन्त्री यादवका विकास प्रतिनिधी राम नरेश यादवले जानकारी दिनुभयो । विरनगर स्कुलमा भएको कार्यक्रममा समाजादीका केन्द्रिय सदस्य रेवन्त झा, किरण साह, दिपक यादव लगाएतका व्यक्तिहरुले मन्तव्य राखेका थिए भने कार्यक्रमा विद्यालयका शिक्षक, अभिभावक, बालबालिका,समाजसेवी, बुद्धिजिवी लगाएतका सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *