Loading...
मदिरा, चुरोट, गुटखामा अनावश्यक खर्चका कारण प्रदेश २ गरिविको चपेटामा- राज्यमन्त्री यादव

ओम प्रकाश यादव, कार्तिक ६ रौतहट । प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले प्रदेश २ लाई मदिरा मुक्त प्रदेश बनाउने कुरामा जोड दिएका छन । प्रदेशलाई मदिरा मुक्त बनाईदिनको लागि आफुले मुख्यमन्त्री लालबाबु राउतलाई विशेष आग्रह गर्ने राज्य मन्त्री यादवले बताएका हुन ।
साइकल वितरण गर्न गृह जिल्ला रौतहट आएका कृषि राज्य मन्त्री यादवले आज जिल्लाको विभिन्न ठाउँमा आयोजित साइकल वितरण कार्यक्रममा सो कुरा बताएका हुन । यो प्रदेश गरिव हुनुको मुख्य कारण मदिरा नै रहेको हुनाले प्रदेश २ मदिरा मुक्त घोष्णा नभएसम्म यहाँको गरिवि अन्त्य नहुने उहाँले बताउनुभयो । यहाँका नागरिक मदिरा सेवन, चुरोट, गुटखा जस्ता धुम्रपानमा अनावश्यक फजुल खर्च गर्ने गरेका कारण नै प्रदेश २ गरिविको चपेटामा परेको राज्य मन्त्री यादवको ठम्याई छ ।
आउँदो छठ पर्वपछि दवाव सृजना गरेर प्रदेशलाई मदिरा मुक्त घोष्णा गराएरै छाडने कृषि राज्य मन्त्री यादवले उदघोष गर्नुभयो । मदिरा मुक्त घोष्णा भएपछि मात्रै प्रदेश २ समृद्ध बन्ने र आर्थिक रुपमा पनि मजवुत हुने समेत उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *