Loading...
आलमका काका पनि दोषी, प्रहरीले भेट्टायो दह्रो प्रमाण, ट्र्याक्टरमा यसरी लगेर जलाइयो घाइतेलाइ

बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीले दाबी गरेका छन् । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ । प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार प्रकाशित भएका छन् ।
रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ । अफताबलाइ बचाउन नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि धेरै प्रयास गरेका छन् । पछिलो समय १२ बर्ष पछि सजाय दिन नमिल्ने कुरा गरेपछि उनको सामाजिक संजालमा दह्रो आलोचना भएको थियो । फेरी देउवाले बिज्ञप्ति निकालेर उक्त कुराको सुधार गर्दै दोषी लाइ सजाय हुनै पर्छ र त्यसमा कांग्रेशले सघाउने कुरा गरेका थिए भने निर्दोषलाइ फसाउनु हुदैन समेत भनेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *