Loading...
इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौ पर्ने पटका र अबैध औषधी नष्ट
अजय मिश्र ,कृष्णनगर , कपिलवस्तु कार्तिक ७
कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्था मा फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय कृष्णनगर को पछाडि रहेको प्रांगणमा पत्रकार, स्थानीय,नगरपालिका का प्रतिनिधि ,सुरक्षाकर्मी को उपस्थित मा नष्ट गरिएको छ। जस्मा पटाकाको अन्दाजी मूल्य रु एक लाख र अबैध औषधीको अन्दाजी मूल्य २ लाख रहेको छ। साथै सादा पोशाक को प्रहरी टोलीले नेपाल बाट अबैध रुपमा भारत लैजादै गरेको ६५० के.जी. मटर बरामद गरि आवश्यक कार्यवाहीका लागी भन्सार पठाएको छ। साथै तिहार र छठ लाई मध्यनजर गर्दै ट्राफिक व्यावस्थापन, चोरी नियन्त्रण गर्न सुरक्षा सतर्कता आपनाइएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ। समुदाय प्रहरी कार्यक्रम अन्तर्गत समाजसेवी, आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र चाडपर्व मा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

दशै तिहारलाइ मध्यनजर गर्दै कृष्णनगरका सशस्त्र, जनपद र ट्राफिक प्रहरीले निगरानी बढायो

अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु, कपिलवस्तुको कृष्णनगर मताहतका क्षेत्रमा नजिकै रहेको दशै र तिहारलाइ मध्यनजर गर्दै सशस्त्र प्रहरी, जनपद प्रहरी र ट्राफिक प्रहरीले आ-आफ्नो कार्यक्षेत्रमा रही निगरानी बढाएका छन्। शान्ति सुरक्षा कायम गर्न हरेक प्रयास गरिरहेका छन्। दशै तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरीले रात्रिमा गाड़ी र पैदल पेट्रोलिंग बढाएको छ। व्यक्तिलाई सहज हुनका लागी भाद्र २९ गते देखि नै मुख्य भंसार नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। लिंकगेट, यात्रुगेट, झण्डानगर र लक्ष्मीनगर लगायत क्षेत्रमा दैनिक चेकिंगमा सशस्त्र प्रहरी बलले कडाई गर्दै गाड़ी चेकिंग र सीमानाकामा हुनसक्ने सम्भावित घटना रोक्न विशेष टोली समेत सशस्त्र प्रहरी बलले खटाएको छ। साथै दुर्गा मुर्ति विसर्जनमा बजार क्षेत्रको सुरक्षाकालागी जिल्लाबाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको जानकारी सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिए। त्यस्तै चाडपर्वलाइ मध्यनजर गर्दै नेपाल प्रहरीले गाड़ी, बाइक र पैदल पेट्रोलिंग बढाएका ले जिल्लाबाट थप १० जना सुरक्षाकर्मी मगाएको र पछि आवश्यकता अनुसार अरु सुरक्षाकर्मी थप गरिने छ । चार जना सदा पोशाकको प्रहरी परिचालन गरिएको र रात्रि पेट्रोलिंग समेत गर्दा चोरीको सम्भावना लाई समाप्त पार्ने उद्देश्य रहेको छ। सवारी दुर्घटना र झै झगड़ा कम रहेको अवस्था स्थानीय ले महसुस गरेका छन्। भन्सार राजस्व पहिलेको तुल्नामा बढेको निरन्तर चेकजाच गर्ने स्थल हरुमा यात्रुबाहक, मालबाहक र निजी सवारी साधन मा कडाई का साथ चेकिंग गर्न ट्राफिक प्रहरी संग समान्वय गरिएको छ। संकास्पद व्यक्तिलाई सोधपुछ र निगरानी गर्दै पछिल्लो समय भन्दा अहिले लागुऔषध ओसारपसार मा संल्गन रहेका आठ ओटा मुद्दा दर्ता भएको छ। चाडपर्व लाइ मध्यनजर गर्दै लागुऔषध र मानवबेचविखन रोक्ने उद्देश्यका साथ विभिन्न विद्यालयहरु मा कार्यक्रम संचालन गरिएको छ। आउने दिनमा नगरपालिका संग सहकार्य गरि दिनमा ३ घण्टा सम्म बजार लगायत अन्य क्षेत्रमा नागरिक जनचेतना कार्यक्रम संचालन गर्ने र शान्ति सुुुरक्षा कायम गर्न हरेेेक सम््भव उपाय अपनाउन आफूहरू सधै तयार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए। साथै दशै तिहारमा सवारी दुर्घटना कम गर्न र यात्रुहरुलाई सहयोग पुर्याउने उद्देश्यका साथ कृष्णनगर नगरपालीका वडा नं १ बसपार्कमा यात्रु सहायता कक्षको स्थापना,दैनिक रुपमा सबारी साधन चेकजाच मा कडाई गरिएको, मादक पदार्थ सेवन गरि सबारी चलाउने हेल्मेट नलगाउने सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने मोटरसाईकलमा ३ जना बस्ने जस्ता कार्य नियन्त्रण गरिरहेको तथा स्कुलका विधार्थी र सवारी चालकहरुलाई समेत प्रशिक्षण दिईएको।ओभर स्पिड र लापरवाही साथ सवारी साधन चलाउनेलाई पनि कार्वाही गरिएको कुरा कृष्णनगर ट्राफिक प्रहरीका प्रहरी सहायक निरिक्षक निरज गौतम ले जानकारी दिएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *