Loading...
समाजबादीले कास्कीमा सर्व सहमतिमा ३ जनाको नाम गर्‍यो सिफारिस, यी हुन् ति ३ जना

पोखरा– समाजवादी पार्टीले कास्की २ को उपनिर्वाचनका लागि केन्द्रीय समितिमा ३ जनाको नाम सिफारिस गरेको छ । समाजवादी पार्टीका कास्की जिल्लाका अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार उम्मेद्वारीका लागि सहमतिमा ३ जनाको नाम केन्द्रमा पठाइएको हो । उहाले भन्नुभएको छ – “सर्वसहमतिमा ३ जनाको नाम पठाएका छौं । प्रदेश हुँदै केन्द्रीय समितिले एक जनाको नाम छनौट गरेर पठाई दिनुहुन्छ” । कास्की २ मा ठुला पार्टीले उमेदवार चयन गर्न नसकेको अवस्थामा साझाले भने हिजो नै उमेदवार घोषणा गरिसकेको छ । प्रमुख प्रतिपक्ष काँग्रेसले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ भने सत्तापक्ष नेकपाले भने उमेदवारको लागि सिफारिस पठाइसकेको छैन ।

समाजवादीबाट धर्मराज गुरुङ, हेमबहादुर थापा किरण, रामबहादुर नेपालीको सर्व सहमतिमा नाम सिफारिस गरिएको कास्की जिल्ला अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ । पहिचानको मुद्दालाई नै अघि सारेर समाजवादीले चुनाव लड्ने योजना बनाएको छ । तर चुनावी मैदानमा समाजवादी पार्टी अझै उत्रिसकेको छैन । समाजवादी पार्टीले बोक्ने गरेको समृद्धि, सु–शासन, समाजवाद र पहिचानको ऐजेन्डालाई नै चुनावी मुद्दा बनाएर अघि बढ्ने लगभग पक्का जस्तै छ । उहाले भन्नु भएको छ – ‘विधिको शासनकोलागि पहिला त भ्रष्टाचार मुक्त समाज बनाउनु जरुरी छ । भ्रष्टाचारले देश गाँजिरहेको छ, देशलाई भ्रष्टाचारमुक्त बनाउनु नै हामो उद्देश्य हो, पहिचानसहितको मुलुक बनाउने उद्देश्य हो,’ ।

उहाले थप्नु हुदै भन्नु भयो – “हामी आफ्नै तरिकाले चुनाव लड्छौ, कुनै पार्टीसँग तालमेल हुँदैन” । वडा वडामा संगठन विस्तारमा लागि रहेको उहाले बताउनु भएको छ । वडा नम्बर ७, १७, १५ र १६ मा संगठन विस्तार गठन भइसकेको र बाँकी रहेका वडामा पनि संगठन विस्तारका लागि रहेको उहाले दाबी समेत गर्नु भएको छ । पहिचानको मुद्दा नै आफूहरुको चुनाव जित्ने मुख्य हतियार हुने उहाले दाबी गर्नु भएको छ भने कास्की २ मा जसरी पनि चुनाव जित्ने उहाको लक्ष रहेको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल ले समेत कास्की २ को अघिल्लो चुनावी मैदानमा भाग लिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *