Loading...
पत्रकार, सुरक्षाकर्मी, नेपाल प्रहरीको उपस्थितमा सशस्त्र प्रहरी बलद्वारा लाखौको पटका नष्ट,

अजय मिश्र , कृष्णनगर, कपिलवस्तु कार्तिक ७ कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल कृष्णनगरले तीन लाख पचास हजार बराबरको पटका आफ्नै कम्पाउंडमा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीको कामांडमा खटिएको टोलीले उक्त पटका बरामद गरेको थियो। विजयनगर गाउँपालिका वडा नं ४ र कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भारत बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्था मा पटका बरामद गरेको छ। उक्त पटका स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी , नेपाल प्रहरीको उपस्थितमा उक्त पटका नष्ट गरिएको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगरले जनाएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौ पर्ने पटका र अबैध औषधी नष्ट

कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्था मा फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय कृष्णनगर को पछाडि रहेको प्रांगणमा पत्रकार, स्थानीय,नगरपालिका का प्रतिनिधि ,सुरक्षाकर्मी को उपस्थित मा नष्ट गरिएको छ। जस्मा पटाकाको अन्दाजी मूल्य रु एक लाख र अबैध औषधीको अन्दाजी मूल्य २ लाख रहेको छ। साथै सादा पोशाक को प्रहरी टोलीले नेपाल बाट अबैध रुपमा भारत लैजादै गरेको ६५० के.जी. मटर बरामद गरि आवश्यक कार्यवाहीका लागी भन्सार पठाएको छ। साथै तिहार र छठ लाई मध्यनजर गर्दै ट्राफिक व्यावस्थापन, चोरी नियन्त्रण गर्न सुरक्षा सतर्कता आपनाइएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ। समुदाय प्रहरी कार्यक्रम अन्तर्गत समाजसेवी, आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र चाडपर्व मा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *