Loading...
आलमले जिउदै जलाउने डरले बमको छर्रा छाति र पेटमा लागेपनि यसरी भागे घाइते, २५ सँग बयान,

हरीले राजपुर बम प्रकरण सम्बन्धमा २५ जनाभन्दा बढी मानिससँग बयान लिइसकेको छ । प्रहरीले बयान दिनेको नाम गोप्य राखेको छ भने उनीहरुलाई छद्म नाम प्रयोग गरिएको छ । बम बिस्फोटमा घाइते भएका (परिवर्तित नाम) ‘गौर २’ कामको सिलसिलामा राजपुरमा पुगेका थिए । त्यहाँ पुग्ने क्रममा एक्कासी बम बिस्फोट भयो । पेट तथा छातीमा बमको छर्रा लाग्यो । उनी घाइते भए । तर घटनामा घाइतेलाई पनि मार्ने योजना बनेको थाहा पाएपछि उनी त्यहाँबाट भागे । उनको व्यापक खोजी पनि भयो । उनी ३ दिन गाउँ नजिकै लुकेर बसे । घटना अलि साम्य भएपछि उनी भागेर भारत पुगे । भारतमै रहेका एक चिनजानका व्यक्तिमार्फत् उनी भारतको मोतिहारी पुगेर ३ महिनासम्म लगातार उपचार गरे । उपचार खर्च पनि भारतीय नागरिकले नै दिएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । उपचारपछि उनी निको भएपनि घर आउन भने सकेनन् । डरकै कारण उनी लामो समय भारततिरै बसेका थिए । कहिलेकाहीँ घर आउने गरेको भएपनि आफूलाई मार्न सक्ने खतरा आंकलन गरी उनी बाहिर नै बस्ने गरेका थिए । मृतक ओसी अख्तरको आमा रुक्साना खातुनलाई गोली हानी हत्या गरेपछि उनी झन् त्रसित थिए र उनी धेरैजसो समय भारतमै बस्ने गरेका थिए । तर प्रहरीले सुरक्षाको ग्यारेन्टी गरेपछि मात्रै उनी नेपाल आएका थिए र प्रहरीलाई घटनाबारे साबिती बयान दिए । अहिले ती नेपाली साक्षी प्रहरीको सुरक्षामै छन् । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक चेकजाँज पनि भइसकेको छ । यद्यपि त्यसको रिपोर्ट भने अझै आइसकेको छैन ।.

२५ जनाभन्दा बढीसँग बयान

प्रहरीले राजपुर बम प्रकरण सम्बन्धमा २५ जनाभन्दा बढी मानिससँग बयान लिइसकेको छ । प्रहरीले बयान दिनेको नाम गोप्य राखेको छ भने उनीहरुलाई छद्म नाम प्रयोग गरिएको छ । उक्त घटना देख्ने राजपुरका स्थानीय, घटनामा संलग्न केही व्यक्ति, ट्याक्टरका मालिक आदिसँग बयान लिइसकेको छ । प्रहरीलाई बयान दिनेको सङ्ख्या दुई दर्जन नाघेको र उनीहरु सबै साक्षीको रुपमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।
आलम रौतहटमा मात्रै नभएर मुस्लिम समुदायभित्र चर्चित व्यक्ति हुन् । मुस्लिम धर्म र संस्कृति जगेर्नाका नाममा आलमलाई नेपालबाट मात्रै होइन, अन्य मुस्लिम देशबाटसमेत आर्थिक सहयोग हुने गरेको पाइएको एक अनुसन्धान अधिकारीले बताए । आलमलाई सबैभन्दा बढी आर्थिक सहयोग पाकिस्तान र दुबईबाट हुने गरेको पाइएको छ । त्यसबाहेक साउदी अरब, कतार लगायतका देशबाट पनि आलमका लागि आर्थिक सहयोग आउने गरेको थियो । त्यसकारण पनि आलमसँग पैसाको कुनै कमी थिएन र छैन l

रातोपाटी बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *