Loading...
२ शिक्षक संगठनले संयुक्त रुपमा गरे शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

जनकपुर धनुषा नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद महतोले, गर्नु भएको थियो भने प्रमुख अतिथिको आषण ग्रहण शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश राय ले गर्नु भएको थियो । विशिष्ट अतिथि सहिद नगर नगरपालिका यदुकुहाका मेयर उदय कुमार बरबरिया यादब, अतिथिहरु एअनेशिस अध्यक्ष धर्मेन्द्र यादव , नेपाल शिक्षक संघका अध्यक्ष रामस्नेही यादव , प्रदेश प्रतिनिधि , जिल्ला प्रतिनिधि , विभिन्न शिक्षक फोरम प्रतिनिधिहरु लगायत संगठनमा आबद्ध शिक्षक / शिक्षिकाहरुको उपस्थितिमा बक्ताहरुले शिक्षक हकहितका बारेमा आ- आफ्नो धारणाहरु राख्दै शुभकामना आदानप्रदान गर्नुभयो ।
त्यस अबसरमा सहिद नगरका मेयर उदय कुमार बरबरिया यादबले यहि शिक्षक( गुरु ) हरु बाट आफुले ज्ञान प्राप्त गरेकोले उहाँहरुको योगदानको कदर गर्दै आफ्नो पेशा लाई मर्यादित बनाउनु पर्ने चित्त नबुझेको ठाउँमा छलफल गर्ने बताउनु हुँदै सबैमा मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *