Loading...
सांसद आलमले डुबायो दर्जनौलाई, विस्फोटका बेला खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा

नेपाली कांग्रेसका सांसद महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले प्रहरीलाई असार ६ गते तत्कालिन अनुसन्धान अधिकृतहरुलाई समेत छानबिनको दायरामा ल्याएर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको छ ।
अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध अवहेलना निवेदनको सुनुवाई गर्दै उक्त इजलासले ‘कुन–कुन अवधिमा को–को अनुसन्धान अधिकृत नियुक्त भई अनुसन्धान के–कसरी अघि बढाएको हो, त्यसको जानकारी लिनू र समन्वय गरी अगाडि बढ्नु’ भन्ने आदेश दिएको थियो । नागरिक दैनिकबाट

आलमले जिउदै जलाउने डरले बमको छर्रा छाति र पेटमा लागेपनि यसरी भागे घाइते, २५ सँग बयान,

प्ररीले राजपुर बम प्रकरण सम्बन्धमा २५ जनाभन्दा बढी मानिससँग बयान लिइसकेको छ । प्रहरीले बयान दिनेको नाम गोप्य राखेको छ भने उनीहरुलाई छद्म नाम प्रयोग गरिएको छ । बम बिस्फोटमा घाइते भएका (परिवर्तित नाम) ‘गौर २’ कामको सिलसिलामा राजपुरमा पुगेका थिए । त्यहाँ पुग्ने क्रममा एक्कासी बम बिस्फोट भयो । पेट तथा छातीमा बमको छर्रा लाग्यो । उनी घाइते भए । तर घटनामा घाइतेलाई पनि मार्ने योजना बनेको थाहा पाएपछि उनी त्यहाँबाट भागे । उनको व्यापक खोजी पनि भयो । उनी ३ दिन गाउँ नजिकै लुकेर बसे । घटना अलि साम्य भएपछि उनी भागेर भारत पुगे । भारतमै रहेका एक चिनजानका व्यक्तिमार्फत् उनी भारतको मोतिहारी पुगेर ३ महिनासम्म लगातार उपचार गरे । उपचार खर्च पनि भारतीय नागरिकले नै दिएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । उपचारपछि उनी निको भएपनि घर आउन भने सकेनन् । डरकै कारण उनी लामो समय भारततिरै बसेका थिए । कहिलेकाहीँ घर आउने गरेको भएपनि आफूलाई मार्न सक्ने खतरा आंकलन गरी उनी बाहिर नै बस्ने गरेका थिए । मृतक ओसी अख्तरको आमा रुक्साना खातुनलाई गोली हानी हत्या गरेपछि उनी झन् त्रसित थिए र उनी धेरैजसो समय भारतमै बस्ने गरेका थिए । तर प्रहरीले सुरक्षाको ग्यारेन्टी गरेपछि मात्रै उनी नेपाल आएका थिए र प्रहरीलाई घटनाबारे साबिती बयान दिए । अहिले ती नेपाली साक्षी प्रहरीको सुरक्षामै छन् । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक चेकजाँज पनि भइसकेको छ । यद्यपि त्यसको रिपोर्ट भने अझै आइसकेको छैन ।.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *