Loading...
८ वर्षपछि न्याय, पुनरावेदनको फैसला उल्ट्याउदै सर्वोच्चले भन्यो- पूजामाथि सामूहिक बलात्कार

सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ । यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ । इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ । मुलुकी अपराध संहितामा कुनै पनि व्यक्ति कुनै कसुरमा अदालतबाट कनुनबमोजिम कसुरदार ठहर भइसकेको अवस्थामा ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था रहेको आजको नागरिक दैनिक समाचार प्रकाशित भएका छन् ।

सशस्त्र द्वन्दमा सेनाको कर्तुत : महिलालाई नांगै बनाएर कुकुर संग इज्जत लुट्न लगाउने

‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती ।

गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरुका आँखा रसाउँदै गए । उनी भनिरहेकी थिइन, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु न धर्तीमा हिंड्न । मजस्तै अरु पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरु खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहले जानुन् के भएको थियो नेपालका महिलामाथि ।’ बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बुवालाई पक्राउ गरेको थियो । रातिराति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन । त्यही क्रममा २०५८ मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।

‘अरु साथी भाग्न भ्यए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाँच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता पर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध थियो । ‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्,‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।  आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *