Loading...
मेडिकल कलेजका विद्यार्थीहरुलाई थुनेरै कुटिए, कलेजबाटै ज्यान मार्ने धम्की !

तस्बिरहरु : क्रान्ति शाह, ०७ कार्तिक वीरगन्ज : सरकारले तोकेको भन्दा बढी अशुलेको शुल्क फिर्ताको माग गरेका नेशनल मेकिडल कलेज एण्ड शिक्षण अस्पतालको एमबिबिएस तहमा अध्ययनरत विधार्थीलाई कलेज व्यवस्थापनले कुटपिट गरेको छ । व्यवस्थापनकै निर्देशनमा कलेज बाहिरका मान्छेले कुटपिट गरेको विद्यार्थीहरुको आरोप छ । साथै ज्यान मार्ने धम्की समेत दिएको उनीहरुले बताएका छन् । शुल्क फिर्ताको माग गर्दै बिहीबार विद्यार्थीहरु कलेज परिसरमा भेला भएका थिए । तर कलेज व्यवस्थापन पक्षले बोलाएका बाहिरका मान्छेहरुले बियरको बोत्तल र इट्टाले समेत प्रहार गरेको उनीहरुको भनाइ छ । केही विधार्थीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको पहिलो वर्षमा अध्ययनरत अक्षय साहले बताए । ‘अतिरिक्त शुल्क फिर्ता गर्नुपर्यो भनेर हामी कलेजको गेटमा भेला भएका बेला बाहिरका गुण्डा लगाएर हामीमाथि इट्टा र बियरको बेत्तल प्रहार गरियो,’ पहिलो वर्ष अध्ययनरत अमित यादवले भने । उनका अनुसार एकजनालाई जबर्जस्ती नियन्त्रणमा लिएर कलेजभित्रै थुनेर कुटपिट पनि गरिएको छ ।

नेशनल मेडिकल कलेजका विधार्थीको समर्थन गर्न चितवन मेडिकल कलेजबाट आएका विद्यार्थी आशुतोष झालाई कलेजमा थुनेर कुटपिट गरिएको विद्यार्थीले बताएका छन् । ‘कलेजको गेट बाहिरको पसलमा रिचार्ज कार्ड किन्दै गरेका बेला दुई÷तीन जनाले जबर्जस्ती घिच्याउँदै कलेजभित्र लगेर आधा घण्टा नियन्त्रणमा राखे,’ त्रसित मुद्रामा झाले भने, ‘भित्र लगेर मलाई आधा घण्टा राखे, मेरो अभिभावकको नाम र फोन नम्बर मागे, त्यही बेला प्रहरी पुगेपछि मलाइ छाडियो ।’ कलेजभित्र थुनेर कुटपिट गरिएका झाको घाँटीमा रातो डाम बसेको र उनले लगाएको टिसर्ट पनि च्यातिएको देखिन्छ ।

विद्यार्थी सडकमा

कलेज व्यवस्थापनबाटै कुटपिट भएपछि विरोधमा विधार्थीले बिहीबार वीरगन्जमा नारा जुलुश लगाउँदै प्रदर्शन गरेका छन् । कलेज परिसरबाट निस्किएको विरोध जुलुशमा सहभागी कलेजका विधार्थीले बसपार्क, लिंकरोड, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु चोक, विर्ता, घडीअर्वाको परिक्रमा गरेर घण्टाघर चोकमा पुगि कोणसभा पनि गरे । जुलुशमा सहभागी विधार्थीले ‘शिक्षा माफिया मुर्दावाद’, ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘| यो समाचार अन्पुर्ना पोस्ट ड्ट कम मा छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *