Loading...
जिउँदै जलाएको आरोपमा पक्राउ आलमको रिहाइका लागि कांग्रेसदवारा कालोपटी बाधेर मौन जुलुस

८ कात्तिक, रौतहट । प्रहरी हिरासतमा रहेका नेपालि कांग्रेसका सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ । निलम्बित सांसद मोहम्मद अफ्ताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले जानकारीदिनुभएको छ । गौतमले शुक्रबार बिहान निर्धारित समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए । गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यद्यपि, शुक्रबार हुने प्रदर्शन आलम निकट कार्यकर्ताको विशेष अनुरोधमा हुने भएको बताइएको छ । काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताउनु भएको छ । उनले आफु भने अनौपचारिकरुपमा शान्तिपूर्ण सहभागिता जनाउने समेत बताएका हुन्।
वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला कांग्रेसले जुलस निकालेको हो । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । गौरको बीपीचोकदेखि जिल्ला अदालत र यहाँबाट मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर मौन जुलुस सकिएको थियो । प्रहरीले आलममाथि अनुसन्धान गर्न शुक्रबार नै अदालतबाट थप ८ दिनको म्याद लिएको छ । जुलुसमा आलमको गृहनगर राजपुरका वासिन्दा बढी सहभागी थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *