Loading...
भाले किचेर भागेपछि स्थानीयदवारा चक्काजाम, बस व्यवसायी र पीडित बीच यस्तो छ सहमति

८ कात्तिक, काठमाडौं । तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेको छ । बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् ।

कुखुराको भाले मरेपछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमै ढुंगा थुपारेर सडक अबरुद्ध पारेका छन् भने काठ, र बाँस तेर्साएर समेत सडक अवरुद्ध पारेका थिए । खैराहा देखि कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको जानकारी प्राप्त भएको छ ।

भालेलाई ठक्करदिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एकघण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारेका रहेछन् । बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति पछि सडक खुलेको रहेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *