Loading...
म ओरिजनल माओबादी होइन, तर चौथो महाधिवेशनको मदन भण्डारी नै हो – प्रचण्ड

८ काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु ओरिजिनल माओवादी नभएको बताएका छन् । झापा विद्रोहबाट नआएको भए पनि तत्कालीन मालेले भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गरे । मोरङमा आयोजित तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । कोअर्डिनेसन केन्द्र र मालेमा सीपी मैनाली सर्वाधिक चर्चित नेता भए पनि भण्डारीलाई महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले भने, मदन भण्डारी ओरिजनल माले होइन तर उहाँलाई आत्मसाथ गर्न मालेले किन्चित पनि संकीर्णता देखाएन ।’

उनले अघि भने, पुष्पलाल समूहबाट आएको मान्नु हुँदैन, झापा विद्रोहकै मान्छे चाहिन्छ हामी कसैले भनेनौं ।’ मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए) सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले आफू ओरिजिनल चौम ,मसाल र माओवादी नभएको बताए । उनले अघि भने, पुष्पलाल समूहबाट आएको मान्नु हुँदैन, झापा विद्रोहकै मान्छे चाहिन्छ हामी कसैले भनेनौं ।’

आफू पनि ओरिजनल मसाल वा माओवादी नभएको भन्दै उनले मदन भण्डारीसँग तुलना गरे । उनले अघि भने, ‘तपाईहरुलाई ओरिजिनल जस्तै लागेको होला । तर म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले यसो भन्दा सहभागीहरुमा हाँसो फैलियो । २०२८ सालमा पुष्पलालबाट पार्टी सदस्यता लिएको र २०३३ बाट मोहनविक्रम सिंहले नेतृत्व गरेको समूहमा प्रवेश गरेको उनले सुनाए । ०४१ को महाधिवेशनबाट केन्द्रीय समितिमा गएको भन्दै उनले भने, ०४६ को जनआन्दोलन भन्दा ठिक्क अगाडि जतिबेला मदन भण्डारी मालेको महासचिव हुनुभयो, म पनि मसालको महासचिव भएछु । के संयोग हो ? यो भन्दा धेरै म केही भन्दिनँ ।’ उनले झापा विद्रोह कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरूबाट भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे । ‘त्यतिबेलाको मालेले मदन भण्डारीको क्षमता, गतिशीलता, सिर्जनशीतलाई आत्मसात गर्यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ तपाईं हामी सबैलाई थाहा छ’ उनले भने,‘तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *