Loading...
नेकपादवारा दह्रो उमेदवारको नाम सिफारिस, जित सुनिस्चित, यसरी भयो नाम अनुमोदन

८ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो । नेकपाको लाल किल्ला मानिएको सो क्षेत्र मा तत्कालिन दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी बहुमत ले जितेका थिए । त्यस अर्थमा उहाको श्रीमती को जित लगभग सुनिस्चित नै छ । अहिले सो क्षेत्रमा साझा पार्टी, प्रमुख प्रतिपक्षी दल कांग्रेस र समाजबादी पार्टीले समेत उमेदवारको नाम सिफारिस गरिसकेको छ । केही समय अघिसम्म सो क्षेत्रमा नेकपाबाट नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । वामदेवले खुलेरै कास्की २ मा चुनाव नलड्ने भनेपछि भट्टराईकै सम्भावना बढि थियो ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए । भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

रवीन्द्रको निधनपछि धेरैले उनलाई राजनीतिमा आउन आग्रह गरे । आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक विद्याले पनि फेरि राजनीतिमा फर्कनसक्ने आधार रहेको तर उम्मेदवार बन्ने नबन्ने निर्णय लिइनसकेको बताएकी थिइन् । विद्या नै अबको उपयुक्त उम्मेदवार भएको कार्यकर्ता तथा केन्द्रदेखि जिल्लासम्मका नेताहरुको राय थियो । उनले पनि चुनाव लड्ने मनस्थिति बनाएइन् । विद्याको नाम सम्र्वसम्मत रुवमा सिफारिस गरेसँगै जीत सुनिश्चित रहेको नेकपा कास्की अध्यक्ष थापाले दबी गरे । ‘कास्की २ मा यसै पनि हाम्रो राम्रो छ । रवीन्द्र अधिकारीको सपना पूरा गर्न विद्याजी उम्मेदवार बनेपछि झन् भारी अन्तरले जित्ने पक्का भयो,’ अध्यक्ष थापाले भने, ‘रवीन्द्र पत्नी भएका कारण नभइ योग्य र क्षमतावान भएकाले विद्यालाई सिफारिस गरिएको हो ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *