Loading...
अरु देशहरुले कृषिमा गरेको क्रान्तिलाइ बिर्सिनु भएन, सम्भावना अनन्त छन, गर्न तयार हुनुपर्यो

नेपाल कृषि प्रधान देश हो। कृषि हरेक नेपालीहरूको पहिचान र स्वाभिमान हो । नेपालको धरातलीय स्वरूपनुसार क्षेत्रफलमा सानो मुलुक भए तापनि नेपालमा ठुलो भौगोलिक विविधता पाइन्छ। तराई,पहाड,हिमाल भिन्न धरातलीय स्वरूपको साथ-साथ भिन्न किसिम को हावापनी जसबाट थुप्रै फायदा लिन सकिन्छ । कृषि क्षेत्रमा उपयुक्त लगानी गरी फायदा नै फायदा उठाउँन सकिन्छ यसका उदाहरण अरु देशहरुले कृषि क्षेत्रमा गरेको क्रांतिकारी कार्यले बुझ्न सक्छौ । कृषि क्षेत्रमा हाम्रो देशको इतिहास निकै राम्रो भन्न सकिन्छ तर वर्तमान संतोषजनक छैन । अहिले नेपालमा कृषि कार्यमा संलग्नहरू को संख्या न्यून छ र यस्तै स्तिथि रहियो भने लोप पनि हुन सक्छ किनकी पहिले कृषि गर्ने कृषकहरू संघ नया प्रविधि र पूँजी छैन,भने अहिले कृषि गर्नु भन्दा राम्रो विदेश जानु वा नोकरी गर्नु युवाहरुको सोचाई छ। युवाहरुले यस्तो सोचनु बेठीक हो अहिले को परिस्थिति अनुसार हो / होइन भन्न सकिदैन । शायद राजनीतिक दलहरूको पनि कृषि बारे चासो देखिदैन। चुनावहरुमा थुप्रै मुद्दाहरू थिए तर कृषि प्रतिको विकास र नौलोंपन बारे देखिएन अनि कसरी कृषि गर्न कोही आकर्षित हुन्छन। कृषि गर्नलाई आवश्यक खाद, किटनाशक इत्यादिहरूको न्यून दरमा व्यवस्था भए त गरीब किसानहरू पनि सामग्रीहरूको फायदा लिन सक्छन।नेपाल जलस्रोतमा धनी देश मानिन्छ तर विडबमना जल धनी भए तापनि खेती योग्य धेरै जमीन सूखा छन। सिचाईको राम्रो व्यवस्थापन न भऐकै कारण यस्तो हो पुराणों जति पनि सिचाई गर्न लागी ब्यारेज निर्माण प्रोजेक्ट हरू थिए केहि को काम सम्पन्न छन भने धेरै जसोको स्थगित छन। बाढ़ि पहिरोबाट क्षतिग्रस्त सिचाई प्रणालीको मर्मत र विस्तार को आवस्यकता छ ।सोझोरूपले भन्ने हो भने हामीले सिचाई को लागि जलस्रोतको गर्न सक्ने उपयोग गरी रहे छैनौ। कृषि क्षेत्रमा किसानहरू लाई आकर्षित गर्न कम ब्याज दर वा फायदा जनक सुविधको सिर्जना गरी उनीहरुलाई कृषि प्रति आकर्षित गर्न सकिन्छ जस बाट कम पूँजी भएका किसानहरू पनि खेती गर्न उत्साहित हुन्छन। धान बालीको कटनी भए पछि सुरक्षित साथ राख्न स्थानिय सुविधा अनुसारको स्टोर हाउस र किसानहरू ले बिक्री गर्न सकून हाट बजारको सरकारी स्तरमै व्यवस्थापन हुनुपर्छ। बाढ़ि,पहिरो जस्तै कुनै पनि किसिमको प्राकिर्तिक वा अप्राकिर्तिक क्षति भएमा सरकारद्वारा क्षतिपूर्ति को व्यवस्था भए त किसानहरू निडर भयी खेती गर्छन र उत्तम फायदा दिन सक्छन । अहिले कृषि विज्ञान धेरै नै विकसित भयी सकेछ र सरकारले उपयोगी सम्पूर्ण किसिमको नयाँ प्रविधि र तरिकाहरू आफ्नो देशमा ल्याई किसानहरुले गर्ने मेहनतलाई कम गरी थोरै समयमा सही तरिकाहरुको सहयोगले अतुलनीय परिवर्तन गर्न सक्छन । कृषि बारे सही जनचेतना नपुग्नु पनि एउटा कारण हुन सक्छ जसले अहिलेका युवा र किसान कृषि प्रति त्यति लगनशील देखिदैनन । कृषिकों महत्व र फायदा बारे देशका कुना-कुनामा जागरूकता अभियान चलाउनुपर्छ । विद्यालयहरुमा कृषि सम्बन्धी नयाँ र पुराणों किसिमको सम्पूर्ण जानकारी किताब वा सुविधानुसारको माध्यमबाट गराई एउटा नयाँ कृषि प्रेमी पुस्ता तयार पार्न सकिन्छ।

◆सम्भावना अनन्त छन , गर्न तयार हुनुपर्यो◆

कृषि बाट मात्र कृषकले होईन देशले फायदा उठाउँन सक्छ। राम्रो खेती भएपछि अरु देशलाई धानबालीहरू र अरु विभिन्न प्रकारको सामग्रीहरू बेची दोब्बर आमदानी गर्न सकिन्छ। सरकारले राम्रो र सहज व्यवस्था मिलाई दिए पछि रोजगारको नयाँ बाटो खुल्छ र देशका धेरै जसो मानिस विदेशनु पर्दैन ।
हामी आफ्नो पहिचान र स्वाभिमान लाई जीवित राख्न सक्छौ । कृषि र कृषक लाई सम्मान गरी देश बनाउन सक्छौ ।

लेखकको परिचय

नाम:- विष्णु गुप्ता
स्थान:- जलेश्वर
मो.न.:- ९८१२१६९०८०
ई मेल :- bishnugupta343@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *