Loading...
पाकिस्तानी प्रधानमन्त्रीको आक्रोस : हवाईमार्ग अबरोधपछि लामो बाटो हुँदै मोदी पुगे अरब

११ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणको क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानले अस्वीकार गरेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आग्रहलाई अस्वीकार गरेको जानकारी दिएका हुन् । उंहाले २७ अक्टुबर कश्मीरको लागि कालो दिन हो भन्दै भारतको अनुरोध अस्वीकार गरेको जनाउनु भएको छ । कुरैशीका अनुसार पाकिस्तानस्थित भारतीय दूतावासलाई त्यसको जानकारी दिइसकिएको छ । पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको पछिल्लो दुई महिनाको अवधिमा यो दोस्रो पटक हो । यसअघि २० सेप्टेम्बरमा पनि भारतले मोदीको जर्मनी भ्रमणको बेलामा पाकिस्तानको आकाश हुँदै उड्ने अनुमति मागेको थियो । भारतको त्यो अनुमतिलाई पनि पाकिस्तानले अस्वीकार गरेको थियो ।

पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न नदिएपछि भारतीय हवाई जहाजहरुलाई विदेश जाँदा लामो बाटो प्रयोग गर्नुपपरेको छ । यसअघि बालाकोट आक्रमणको बेलामा पनि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । उडान लामो र खर्चिलो हुने भएपछि भारतका धेरै एयरलाइन्सहरुले अन्तर्राष्ट्रिय उडान रद्द गरेका थिए । पाकिस्तानले इन्कार गरेपछि आज भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विमानबाट लामो बाटो हुँदै साउदी पुगेका छन् । मोदीले साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमान र किंग सलमानसँग हुनेछ ।

मोदीले साउदी अरब पब्लिक इन्भेष्टमेन्ट फन्डद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ भने यसलाई दावोस अफ द डेजर्टस्को नामबाट पनि चिनिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *