Loading...
लाखौ रकम सहित अहिलेको बदलिदो समयमा कौडा खेलिरहेका २० जना प्रहरीको नियन्त्रणमा

११ कात्तिक, भरतपुर (चितवन) । पर्व तिहारमा जुवा अर्थात तास खेल्ने बानि छ भने अब त्यो बानि हटाउने समय आएको छ । खस गरेर दशैँ र तिहार मा पर्व तिहार मनाउने नाम मा घर घर मा तास खेल्ने गरिन्छ । त्यो तास समय कटाउनको लागि मात्र नभएर कम भन्दा कम पन्ध्र देखि बिस हजार पैसा समेत हार्ने गरेको कतिपयले बताउदै आएका छन् । यस्तै तिहारको मौका पारेर जुवा तास खेल्दै गरेको समयमा पूर्वी चितवनको खैरहनीमा प्रहरीले २० जना जुवाडेलाइ पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका-१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

स्थानीयको विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनु भएको छ । उनीहरुको साथबाट एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकल समेत बरामद गरेको जानकारी दिएको छ ।उनि हरु समय मिलाएर पहिला पनि मौका पारि त्यो ठाउमा जुवा तास खेल्दै आएका थिए ।

त्यसै गरि नेपाल प्रहरीले पर्व तिहारको नाम मा ठाउ ठाउँ मा पटाखा पडकाउने र ढिलो समय (राति) सम्म देउसी खेल्ने लाइ पनि कति ठाउमा पक्राउ गरेको छ भने अधिकांशलाई सम्झाई बुझाइ घर फर्काएको छ । गत बर्ष भन्दा यस पालि प्रहरीले जुवा तास , पटाखा र राति अबेला सम्म देउसी खेल्ने माथि कडाइ गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *