Loading...
पूर्बराजाले कसलाई भने परिर्वतनकारी शक्ति ? चेतावनी दिदै भने : अप्ठ्यारोमा पर्न सक्छौ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् । कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै उनले सर्वसाधारणले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताएका हुन् । ।
बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने परिवर्तनको कुनै अर्थ नहुने बताउनु भएको छ ।

‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाइ थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्न सक्छ ।’ पूर्व राजा शाहले त्यस अवसरमा आज भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना व्यक्त गरे । पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उनले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताउनु भयो ।

भाइटीकाको दिन कसैको कुरा काटने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गरेका छन् । लक्ष्मी पूजाको दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटालार्ई सम्झिएको स्मरण गर्दै उनले भने, ‘अरुको सुःखका लागि आफैंलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।

पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *