Loading...
भारतमा तीन नेपालीको लिङ्ग काटेर हत्या, हत्या भएका बोहराका श्रीमती फरार , यस्तो छ कारण !

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीयले बताएका छन् ।

भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएको थियो । उनीहरु पिथौरागढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका थिए । बीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया आमा मनोरी बोहरा गाउँमै बस्दै आएको पुर्चौंडी नगरपालिका–५ का वडाअध्यक्ष नागीसिंह खडायतले जानकारी दिएका छन् ।

वीरा बोहरा केही महिना अघि मात्रै दाजु भाउजु भेट्ने भनेर पिथौरागढ गएका थिए । मृतक हरे बोहराका श्रीमती कीर्रा बोहरा पनि मजदुरीका लागि भारतमै सँगै रहेका भएपनि उनी घटनापश्चात फरार रहेकी छिन । कीर्रा फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमलाई उद्धित गर्दै भारतीय प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमानमा फरार श्रीमती कि त कसै संग मिलेर हत्या गरेको होला भने जबर्दस्तीमा परेर हत्या गरेको हुनसक्ने समेत अनुमान गरिएको छ ।
स्वदेशमै रोजगारी नहुँदा बैतडीका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि भारत पस्ने गरेका छन् । रोजगारीको लागि भारत गएका युवा विभिन्न समस्या झेल्दै आएका छन् । हत्या गरिएका तीनै जना मजदुरमध्ये एकजना कासी बोहराको शव आफन्तले बुझेका छन् भने दुई शव अस्पतालमै रहेको जानकारी प्राप्त भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *