Loading...
सादा पोशाकका सुरक्षाकर्मीको दादागिरी, सरकार विरुद्ध प्रदर्शनमा गोली चलाउदा १८ जनाको मृत्यु

बग्दाद। इराकमा भै रहेको सरकार विरुद्ध प्रदर्शन आज पनि जारि रहेको छ । त्यसै क्रममा इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् । ती अधिकारीले उक्त घटना आज बिहानै भएको जनाएका छन् । इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ । इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ ।
नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *