Loading...
नेताहरु यौन काण्डमा पक्राउ पर्दै, फेरी अर्का नेता चक्कु देखाउदै बलात्कार गरेको काण्डमा पक्राउ

१२ कात्तिक, काठमाडौं । प्रहरी बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययरत् छन् । पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो । पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले पुष्टि गर्नु भएको छ । उनले भनेका छन् – अहिले हिरासतमा राखेका छौं । अदालत खुलेपछि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप्छौं । उनी आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् । पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘काम छ, आउन’ भन्दै राइले बोलाएर आफूलाई बलात्कार गरेको बताएकी छिन् । अपरान्ह करिब ३ः३० बजे राईले उनका आफन्तको कोठामा कोही नभएको वेला लगेर जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार यतिबेला आरोपितलाई पक्राउ गरी अनुसनधानको काम भइरहेको छ । पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । अहिले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएकाले यसबारेमा थप केही बताउन नसकिने प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *