Loading...
नेपाल–भारतका हजारौंको महात्माहरुको सहभागितामा धनुषामा कबीर सम्मेलन हुने

जनकपुरधाम । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपटी स्थित कबीरधाममा कबीर सम्मेलनको आयोजन हुने भएको छ । कबीरधाममा नव निर्मित मन्दिरमा कबीर दास तथा सन्त माता सुरीती यादव की मुर्ति स्थापना भई प्राण प्रतिष्ठा हुने अवसरमा सन्त सम्मेलन हुन लागेको कबीरधाम कनकपटीका राष्ट्रिय अध्यक्ष सन्त महात्मा रबीन्द्र दासले जानकारी गराउनु भयो ।
कबीर सदविचार महामण्डल नेपाल केन्द्रिय कार्यालय कनकपटीको आयोजनमा मंसीर १८ गते मुर्तिको प्राण प्रतिष्ठा हुने र नव निर्मित मन्दिरको पनि सोही दिन उद्घाटन हुने जानकारी दिदै महात्मा दासले नेपाल–भारत सहित हजारौंको संख्यामा कबीर सन्त महात्माहरुको सहभागिता रहने जानकारी दिनु भयो ।
उनले दिएको जानकारी अनुसार मंसीर १७ गते कबीर आराधना, प्रवचन, सतसंग हुने छ भने मंसीर १८ गते कलश यात्रा, मुर्तिको प्राणप्रष्ठिा र मन्दिरको उद्घाटन कार्यक्रम ह्ुनेछ । राति कबीर नाट्क सहित सांस्कृतिक कार्यक्रमको आयोजन हुनेछ । त्यस्तै मंसीर १९ गते दिनभरि कबीर भजन, प्रवचन, सतसंग र राति सांस्कृतिक कार्यक्रम गर्दै आयोजन सम्पन्न हुने छ ।
कबीर दास संगै मुर्ति स्थापना हुन लागेको स्थानिय सन्त सुरीती यादवले २०३३ सालमा आफु संग रहेको ३ बीघा २ कठा घरेरी जग्गा कबीरधामलाई दान गरेकी थिइन । त्यसको स्मरणमा उनको मुर्ति स्थापना हुन लागेको जनकपुर उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष परमेश्वर यादवले बताउनु भयो ।
शंखमलमल निर्मित दुवै मुर्ति भारतको जयपुरबाट भारतीय रुपैया ९० हजारमा खरीद गरिएको महात्मा दासले बताए । कबीरधाममा हाल लाखौं रकमको लगानीमा धर्मशाला निर्माणको कार्य पनि जारी रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *