
१३ कात्तिक, काठमाडौं । राजनीति तथा हुन्दु राष्ट्रको मुद्दा बाकेको राप्रपा अध्यक्ष कमल थापा टेनिसको धेरै राम्रो खेलाडी भएको धेरै लाइ थाहा नहुन सक्छ तर यर्थात यहि नै हो कि थापा टेनिसका धेरै राम्रा खेलाडी हुन् यसै क्रममा राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते भएका छन् । टेनिस खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि थापाले वीचैमा खेल छाडेका छन् ।
राजाको मुद्दामा समेत बहस गर्ने र राजा लाइ ल्याई छाड्ने बताउदै आएको अध्यक्ष थापा खेल समेत जितिनै रहेका थिए l चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट-२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ पुगेका थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६-० र ६-० मा पराजित गरेका थिए । थापाको पिँडुला र तिघ्राको मांसपेशीमा एकैसाथ गम्भीर समस्या भएकाले जितिरहेको खेल बीचैमा छाड्नु परेको बर्तौलाले बताउनु भएको छ । पिँडुलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छाडिदिएकोसमेत उहाले जानकारी दिनु भएको छ ।
पहिलो खेलमा जीत हात पारेका थापाले अर्को खेलमा भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३-० ले जितेका थिए । तर, दोस्रो सेटमा जितिरहेको अवस्थामा थापाको मांसपेशीमा समस्या देखिएको थियो । घाइते भएपछि वीचैमा उनले खेल छाडेका थिए । श्रीमती प्रलिता थापासहित चीन गएका थापा कात्तिक १४ गते स्वदेश र्फकने कार्यक्रम छ ।
Facebook Comments