Loading...
समाजबादीमा पार्टी प्रवेशको लहर, नेकपा-कांग्रेसलाइ बाइ बाइ भन्दै हजारौले गरे पार्टी प्रवेश

सरोज खिलाडी

समाजबादी पार्टी सप्तरीको कंकालिनी नगरपालिका नगर समिति सप्तरीदवारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौ नेता तथा कार्यकर्ताले पार्टी प्रवेश गरेका छन् । नेकपा कांग्रेस तथा राजपा परित्याग गरि हजारौले पार्टी प्रवेश गर्ने भएपछी प्रमुख अतिथि समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आफै समय मै उपस्थित भएका थिर । त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि मुख्यमन्त्रि लालवावु राउत सहित उपाध्यक्ष रेणु यादव, प्रदेस न २ को कृषि मन्त्रि शैलेन्द्र प्र ० साहको समेत उपस्थिति रहेको थियो ।

पार्टीका केन्द्रिय अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन सो जनसभा एवं पार्टी प्रवेश कार्यक्रम मा नेकपा, नेपाली कांग्रेस लगायत अन्य पार्टी परित्याग गरि १००० भन्दा बढीको संख्यामा समाजवादी पार्टीमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई फुलमालाले पार्टी अध्यक्ष यादवले स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरु नेकपा कांग्रेस तथा राजपाका नेता कार्यकर्ता रहेका छन्सुरेन्द्र प्रसाद यादवको नेतृत्वमा नेपाली काँग्रस र नेकपा तथा राजपा नेपाल का हजारैा नेता र कार्यकर्ता पार्टि परित्याग गरि समाजबादि पार्टिमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *