Loading...
मधेश संग परेको लभ अहिले पनि जारि छ, लभमा बाधा आए आन्दोलन गर्छु, अनशन बस्छु- प्रचण्ड

१३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । महोत्तरी जिल्लाको पिपरा गाउँमा आज भएको छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उहा ले सो कुरा बताउनु भएको छ । बर्षौ देखि निर्माण हुन् नसकेको जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राख्नु भएका प्रचण्डले भन्नु भयो – यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु । प्रधानमन्त्री आफैले समृद्धिको नेतृत्व गरेकाले उक्त सडक निर्माण कार्य युद्धस्तरमा हुनेमा आफू विश्वस्त रहेको पनि प्रचण्डले कार्यक्रममा बताउनु भएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा ठाडो आदेश दिएर एक अर्ब रुपैयाँ विनीयोजन गर्न लगाएको बताउनु भयो । उहाले भन्नु भएको छ – यो सडक निर्माणमा ढिलाढाला भयो भने अविलम्ब टेन्डरहोस् भनेर मेरै नेतृत्वमा अनसन बस्नु नपरोस् । १४ मंसिरमा पिपरा गाउँपालिका अध्यक्ष चयनका लागि हुने उपचुनाव आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै प्रचण्डले भन्नु भयो -विगतमा पनि मैले मधेशसँग मेरो प्रेम छ भनेको थिएँ, अहिले फेरि दोहोर्‍याएर भन्छु मेरो मधेश प्रेम जारी नै छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *