Loading...
मन्त्रि यादवले नै गरे समाजबादी-राजपाबीच एकता हुन् गइरहेको खुलाशा, कहिले हुदै छ एकता ?

अगामी निर्वाचनपछि समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने राज्य मन्त्री यादवको दावी । ओम प्रकाश यादव कार्तिक १३ गते । रौतहट । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले अगामी निर्वाचनछि समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन । आज गृह जिल्ला रौतहट आउनुभएका राज्य मन्त्री यादवले समाजवादी र राजपाबीच चाडै एकिकरण हुने बताएका हुन । आउँदो छठ पर्वपछि समाजवादी र राजपाबीच एकता हुन गइरहेको र दुवैपार्टी एक ठाउँमा मिलेपछि अवको सरकार समाजवादीकै नेतृत्वमा बन्ने कृषि राज्य मन्त्री यादवले ठोकुवा गर्नुभएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आज तिहारको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कृषि राज्य मन्त्र यादवले अगामी निर्वाचनमा समाजवादी पार्टी नै देशको सबभन्दा ठुलो पार्टी बन्ने दावी गर्नुभयो । समाजवादी पार्टी सबै जातजातिको मिश्रित पार्टी रहेको र जनताले धेरै विश्वास गरेकाले समाजवादीकै नेतृत्वमा सरकार बन्ने र प्रधानमन्त्री पार्टी अध्यक्ष उपेन्द्र यादव हुने उहाँले बताउनुभयो । नयाँ बन्ने पार्टी नेकपाको विकल्पको रुपमा समेत स्थापित हुने उहाँँले बताउनुभयो । एक फरक प्रसंगमा बोल्दै मन्त्री यादवले प्रदेश २ को सरकार कम्तीमा १० कठा जगा भएका किसानहरुलाई सिचाई, मलखाद्य र बिउ बिजनको लागि १० हजार रुपैया अनुदान दिने तयारी गरेको बताए ।

विगतका वर्षहरुमा अरु मार्फत अनुदान आउँदा विचमा दलालहरुले उक्त अनुदानको रकम दुरुपयोग गर्दै आएकोले यस वर्षदेखी प्रदेश सरकारले किसानको खाता खोली सुधा खातामा नै रकम जम्मा गर्ने प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । त्यस्तै प्रदेश सरकारले यहि चालु आर्थिक वर्षमा सबभन्दा ठुलो प्रोजेक्टको रुपमा रौतहटको जयनगरमा ५ हजार मेट्रिक टन बरावरको कोल्ड स्टोर निर्माण गर्न गइरहेको समेत मन्त्री योगेन्द्र यादवले बताए । कार्यक्रममा बोल्दै युवा नेता राजकुमार दासले समाजवादी पार्टीकै कारण देशमा लोकतन्त्र आएको बताएका छन । समाजवादी पार्टीको संघषका कारण देश अहिले संघिय लोकतान्त्रिक प्रणलीमा गएको र त्यसैको फलस्वरुप देशमा अहिले केन्द्र, प्रदेश र स्थानीय गरी तिन तहको सरकार बनेको नेता दासले दावी गर्नुभयो । आयोजित कार्यक्रममा नेकपा र कांग्रेस पार्टी परित्याग गरी दर्जन भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेस गरेका छन । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माननिय राज्य मन्त्री यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश सांसद राम किशोर यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद फुलबाबु, समाजवादीका केन्द्रिय सदस्य रेवन्त झा, समाजवादीका जिल्ला संयोजक वृज किशोर यादव, जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *