
सप्तरी , कार्तिक १३ । नेपाली काङ्ग्रेस र नेकपा परित्याग गरि सयौं नेता कर्याकर्ता आज समाजवादी पार्टीमा प्रबेश गरेका छन ।
सप्तरी को हनुमान नगर कँकालनी र राजगढ गापामा आज आयोजित छुट्टाछुट्टै पार्टी प्रबेश कार्यक्रममा गत प्रदेश सभाको निर्वाचनमा सप्तरी क्षेत्र न १ “क” मा नेकपाका प्रत्याशी रहेका मो शकिल अलि, क्षेत्र न ३ “ख” मा स्वतन्त्र प्रत्याशी रहेका सुरेन्द्र यादवको नेतृत्वमा सयौं नेता कार्यकर्ता प्रबेश गरेका हुन । नवप्रबेशीहरुलाई प्रमुख अतिथी समाजवादी पार्टी का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, बिशिष्ठ अतिथी उपाध्यक्ष लालबाबु राउत सहितकानेताहरुले अबिर माला लगाई पार्टीमा स्वागत गर्नु भएको छ । पार्टी प्रबेश कार्यक्रम लाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथी यादवले मधेश आन्दोलन बाट प्राप्त उपलब्धि को रक्षाको लागी संघर्ष अझै जारी रहेको बताउनु भएको छ ।
प्रतिक्रियाबादी शक्तिहरू संघीयता , गणतन्त्र र धर्मनिरप्रेक्षता विरुद्ध षडयन्त्र गरिरहेको उल्लेख गर्नु हुदै उपप्रधानमन्त्री समेंत रहनु भएको यादवले त्यस्ता प्रतिक्रियावादीहरु विरुद्ध आफुहरु निरन्तर आन्दोलन जारी राखेको बताउनु भयो । राजनीतिक आन्दोलनका साथै समाजिक आन्दोलनको समेत आवश्यकता रहेको उहाँको कथन थियो । कार्यक्रमका विशिष्ठ अतिथि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको अधिकार प्राप्ती समाजवादीबाट मात्र सम्भव रहेको बताउनु भएको छ । केन्द्रिय नेतृत्वमा समावेशीताको मिशाल कायम गरेको समाजवादी पार्टी अगामी दिनमा प्रदेश मात्र नभई सघिय सरकारको नेतृत्व समेत गर्ने दावी गर्नु भयो । कार्यक्रममा पार्टीका उपाध्यक्ष रेणु यादव, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका कृषि मन्त्री शैलेन्द्र साह, प्रतिनिधि सभा सदस्य डा सुर्य नारायण यादव, प्रदेश सभा सदस्य अभिषेक यादव, पार्टी प्रदेश समिति का मुख्यसचिव शम्भु झा, सचिव दिनेश यादव ,जिल्ला अध्यक्ष केदार यादव सहितको उपस्थिती रहेको थियो ।
Facebook Comments