
ओम प्रकाश यादव। समाजवादी पार्टी रौतहटका नेताहरु नेकपाका सांसद प्रभु साह बिरुद्ध आक्रमक बनेका छन् । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवदेखी लिएर प्रदेश सांसद किशोरी यादव, युवा नेता राजकुमार दास तत्मा, मेयर धर्मेन्द्र पटेल लगाएतका नेताहरु आज एक कार्यक्रममा सांसद प्रभु साह विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका हुन । रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राज्य मन्त्री योगेन्द्र यादवले नेकपाका सांसद साह आफुलाई विकास प्रेमी भन्दै जनतालाई ठग्ने गरेको बताएका छन । प्रभु साहको आफनै पार्टीको सरकार भ्रष्टाचार, बलात्कार जस्ता काण्डै काण्डमा फसेको भएपनि पछिलो केहि दिनदेखी सांसद प्रभु साह उल्टै प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको, काम गर्न सकेन जस्ता झुठा एवं भ्रामक प्रचारबाजी गर्दै हिडेकोप्रति कृषि राज्य मन्त्री यादव आक्रोस व्यक्त गर्नुभयो ।
एउटा योजनाको तिन तिन चोटी भुक्तानी लिने नेता साह अहिले विकास प्रेमीको नाउँमा जनतालाई झुक्याने खेलमा लागेको समेत उहाँले बताउनुभयो । त्यस्तै प्रदेश सांसद राम किशोर यादवले पनि सांसद प्रभु साह विकासको बाधक रहेको भन्दै आक्रमक रुपमा प्रस्तुत भएका थिए । पछिल्लो समयमा नेता साह प्रदेश नम्बर २ सरकार र मधेशवादी नेता बिरुद्ध अभिव्यक्ति दिदै चर्चामा आएको थियो । कार्यक्रममा युवा नेता राजकुमार दासले पनि सांसद साहमाथी लक्षीत गर्दै नेकपा हत्याराहरुको पार्टी रहेको आरोप लगाएका थिए । काशीनाथ तिवारी, सुनिल यादव लगाएतको हत्याराको बारेमा छानविन हुनुपर्ने र कार्यवाही गर्नुपर्ने बताएका छन । समाजवादी पार्टी देवाही गोनाहीले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै देवाही गोनाही नगरपालिकाका नगर प्रमुख एवम् समाजवादी पार्टीका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले, नगरपालिका संचालन तथा विकासको बाधक यस क्षेत्रका सांसद प्रभु साह रहेको भन्दै आक्रोस व्यक्त गरेका थिए । नेकपाका सांसद साह नगरपालिका संचालनमा पटक पटक धोखेवाजी गरि विकास निमार्णको कामम अवरोध गर्दै आएको मेयर पटेलले आरोप लगाए । कार्यक्रममा प्रदेश सासद राम किशोर यादव, प्रदेश सांसद अवदुल अजाद उर्पm फुलबाबु, उपसभापती राम असिस यादव, समाजवादी पार्टीका नेता रेवन्त झा, ब्रिज किशोर यादव, राजकुमार दास, लगायतका नेताहरुले नेकपा सांसद साह माथि आक्रामक ढंगले प्रस्तुत भएका थिए । कार्यक्रमको संचालन जयनाथ यादवले गरेका थिए ।
Facebook Comments