Loading...
प्रभु साहमाथी लक्षित गर्दै तिवारी, यादव र बैरागी हत्याकाण्डको छानविन गर्न नेता दासको माग

। ओम प्रकाश यादव कार्तिक १३ गते, रौतहट समाजवादी पार्टीका युवा नेता राजकुमार दासले काशीनाथ तिवारी, शिक्षक सुनिल यादव र रास्ट्रिय पहलवान उपेन्द्र बैरागी हत्याकाण्डको छानविन हुनुपर्ने बताएका छन । सांसद प्रभु साहमाथी लक्षित गर्दै नेता दासले विकासप्रेमी भन्ने नेताको सरकारले यी निर्दोष व्यक्तिहरुको हत्याराको अहिलेसम्म किन पता लगाएन भन्ने प्रश्न गर्नुभयो । निर्ममतापूर्ण हत्या गरिएको उक्त व्यक्तिहरुको हत्यारालाई अहिलेसम्म सरकारले पता लगाउन नसक्नुले यो सरकार पुर्णरुपमा असफल भैसकेको उहाँले बताउनुभयो । रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आज तिहारको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा क्रान्तिकारी युवा नेता दासले तिवारी, यादव र बैरागीको हत्याको विषयमा सरकारले तत्काल छानविन गर्नुपर्ने माग गरेका छन । सरकारले छानविन नगरे समाजवादी पार्टी यस विषयमा कठोर रुपमा प्रस्तुत हुने समेत नेता दासले चेतावनी दिनुभयो । त्यस्तै एक दशकअघि गौरमा भएको हत्या काण्डमा आफनो पार्टी समाजवादीको कुनै संलग्नता नरहेको नेता दासको दावी छ । तत्कालिन माओवादी र मधेशी जनअधिकार फोरम विच भएको भनिएको झडप नभई माओवादीसँग मधेशी जनता नै प्रतिकार गरेको उनले बताए । आन्दोलनमा मधेशी जनता प्रतिकार गरेको भन्दै नेता दासले त्यसमा आफनो पार्टीको कुनै कार्यकर्ता नगएको उहाँले दागी गर्नुभयो । फरक प्रसंगमा बोल्दै नेता दासले समाजवादी पार्टीकै कारण देशमा लोकतन्त्र आएको पनि बताएका छन । समाजवादी पार्टीको संघषका कारण देश अहिले संघिय लोकतान्त्रिक प्रणलीमा गएको र त्यसैको फलस्वरुप देशमा अहिले केन्द्र, प्रदेश र स्थानीय गरी तिन तहको सरकार बनेको नेता दासले दावी गर्नुभयो । आयोजित कार्यक्रममा नेकपा र कांग्रेस पार्टी परित्याग गरी दर्जन भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेस गरेका छन । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माननिय कृषि राज्य मन्त्री यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश सांसद राम किशोर यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद फुलबाबु, समाजवादीका केन्द्रिय सदस्य रेवन्त झा, समाजवादीका जिल्ला संयोजक वृज किशोर यादव, जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *