Loading...
निर्भयाका चारै बलात्कारीलाई फाँसीको तयारी, निर्मलाको हत्यारा अहिले पनि फरार, प्रहरी असफल

सन् २०१२ डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा भएको निर्भयाको सामूहिक बलात्कार गर्ने चारैजना दोषीलाई फाँसी दिने तयारी सुरु भएको छ । तिहाड जेल प्रशासनले मृत्युदण्डविरुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग दयाको गुहार नगरे फाँसीको कारवाही सुरु गरिने जानकारी दिइसकेको छ । सर्वोच्च अदालतले गत वर्ष जुलाईमा चारैजना मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारको पुनर्विचार याचिका खारेज गरेको थियो । तर उनीहरुले अहिलेसम्म दयाको गुहार लगाएका थिएनन् ।

यसै बिच तिहाड जेल मुख्यालयले अक्टोबर २८ मा ती तीन जेल अधिक्षकलाई गोप्य चिट्ठी लेखेको थियो जहाँ चारैजना दोषी बन्द छन् । मुकेश र अक्षय जेल नम्बर दुई, विनय जेल नम्बर चार र पवन जेल नम्बर १४ (मन्डोली जेल) मा बन्द छन् । मुख्यालयले पत्रमा चारै दोषीलाई मृत्युदण्डको सजाय सुनाइसकेको बताएको थियो । तिहाड जेलका महानिर्देशक संदीप गोयलले चारै दोषीलाई उनीहरुको कानूनी लडाई समाप्त भइसकेको जानकारी दिएको बताउनु भएको छ । उनीहरुले यदि राष्ट्रपतिलाई यदि दया याचिका दर्ता गर्न चाहे त्यो एक हप्ताभित्र पूरा गर्नुपर्ने पनि जानकारी दिइसकेको महानिर्देशकले बताउनु भएको छ ।
तर हाम्रै नेपाल मा भएको निर्मल पन्त को बलात्कार पछिको हत्या गर्ने लाइ कारबाही त के अहिले सम्म नेपाल प्रहरीले पक्राउ समेत गर्न सकेका छैनन निर्मलाको बलात्कार पछि हत्यारालाई सजाय दिन का लागि विभिन्न चरण मा आन्दोलन समेत भयो तर अहिले सम्म कुनै पनि प्रकार को प्रमाण समेत फेला परेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *