Loading...
कपिलवस्तुमा अनिश्चितकालिन कर्फ्यु, १को मृत्यु, अबस्था तनावग्रस्त, ५०सेल अश्रुग्यास फायर

१४ कात्तिक, काठमाडौैं । कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो । प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ । स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपशमशेर राणाले बताउनु भएको छ । तर, स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् । त्यो क्षेत्रमा अहिले सुरक्षा व्यवस्थामा कडा पारिएको छ । कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *