
प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग गठन भईसकेकोले स्थानीय तहहरुमा कर्मचारीको पदपूर्ती गरिने तयारी भईरहेको बताउनु भएको छ । सप्तरीको राजगढ गाउँपालिका स्थित झहुरा चौकमा समाजवादी पार्टीद्वारा आयोजित शुभकामना आदान–प्रदान एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सरकारले कर्मचारी भर्ना लगायतमा पचास प्रतिशत महिला सहभागिता सुनिश्चितता गरिने बताउँदै उहाले भन्नु भयो -‘मधेशका छोरीहरुलाई आत्मनिर्भर बनाउन तथा हरेक क्षेत्रमा सम्मानजनक सहभागिता बढाउन प्रदेश सरकारले छोरी विमा, साइकल वितरण, आत्मरक्षा सीप, लोकसेवा तयारी कक्षा, छात्रवृतीका साथै रोजगारीमा समेत पचास प्रतिशतको सुनिश्चितता गर्न लागेका छौं ।’ आ–आफ्ना छोराछोरीलाई स्कूल पठाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का छोरीहरु अब आफुलाई पहिलाको जस्तो कमजोर महशुस गर्ने अवस्थाको अन्त्य हुन लागेको उनले बताए । प्रदेश सरकार योजना तहत अगाडि बढिरहेको जानकारी दिँदै उनले भने ‘तपाईहरु छोरीलाई राम्रो शिक्षा दिनुस्, अबको १५ वर्षभित्र मधेशका छोरीहरु सिडिओ, एसपी, योजना प्रमुख लगायत उच्च स्थानमा पुगेको हेर्न पाईनेछ ।
Facebook Comments