Loading...
जनकपुरबाट भ्रमण वर्ष २०२०को शुभारम्भ, पर्यटन विकासकालागि संघीय सरकार तत्पर- योगेश

जनकपुरधाम, कार्तिक १४ । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ आज जनकपुर बाट गरिएको छ । हिन्दुहरुको महान चाड छठको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वाधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रम मार्फत उपप्रधानमन्त्री सहितका अतिथिहरुले हातेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ गर्नु भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि एवं उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको प्राकृतिक , धार्मिक र सांस्कृतिक संगम विश्वकै लागी अनुपम रहेको दावी गर्नु भयो । उहाँले हिमालको चुचुरो देखी तराई मधेशका फाँट सम्मको प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै धार्मिक आस्थाका केन्द्र जनकपुर, लुम्वनी लगायतका क्षेत्रहरु पर्यटक लोभ्याउन पर्याप्त रहेको जिकिर समेत गर्नु भयो ।
मुलुकको समृद्धिको लागि पर्यटन प्रमुख आधार वन्न सक्ने तर्क गर्नु हुँदै उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुलाई हातेमालो गर्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा संघीय सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटनको विकासको लागि संघीय सरकार तत्पर रहेको उल्लेखगर्नु हुँदै पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार संग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया शुरु गरि सकेको उल्लेख गर्नु हुँदै यसमा सहयोगगर्न संघीय सरकारलाई आग्रह गर्दै पर्यटकीय विकासमा संघ सरकार संग हातेमालो गर्न एक कदम अघि बढने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले प्रदेश नं. २को विकास विना मुलुकको समृद्धि सम्भव नरहेको जिकीर समेत गर्नु भयो । प्रदेश सरकारले धार्मिक पर्यटनको महत्व बुझेर नै आफनो विकासको पहिलो कदम जानकी मन्दिरबाट शुरु गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अन्य पर्यटकीय स्थलहरुको विकासमा समेत प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री राम नरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले आफनो साँस्कृतिक प्रस्तुती समेत गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *