Loading...
विश्वमा कहिँ पनि नेपाल जस्तो मधेश, पहाड र हिमाल सबै भएको लोभ लाग्दो देश छैन – उपेन्द्र

जनकपुरधाम, कार्तिक १४ । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ आज जनकपुर बाट गरिएको छ । हिन्दुहरुको महान चाड छठको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वाधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रम मार्फत उपप्रधानमन्त्री सहितका अतिथिहरुले हातेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ गर्नु भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि एवं उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको प्राकृतिक , धार्मिक र सांस्कृतिक संगम विश्वकै लागी अनुपम रहेको दावी गर्नु भयो । उहाँले हिमालको चुचुरो देखी तराई मधेशका फाँट सम्मको प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै धार्मिक आस्थाका केन्द्र जनकपुर, लुम्वनी लगायतका क्षेत्रहरु पर्यटक लोभ्याउन पर्याप्त रहेको जिकिर समेत गर्नु भयो ।
मुलुकको समृद्धिको लागि पर्यटन प्रमुख आधार वन्न सक्ने तर्क गर्नु हुँदै उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुलाई हातेमालो गर्न आग्रह समेत गर्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *