Loading...
कर्मचारी-संचालकलाई समेत कार्यवाही गर्न जिल्ला प्रशासनलाई मेयर सरावगीको निर्देशन

सिर्सिया खोलालाई प्रदुसित गर्ने कसैलाई नछाडिने ,नगर प्रमुख सरावगी

सिर्सिया खोलालाई प्रदुषित गर्ने कसैलाई पनि नछाडिने चेतावनी नगर प्रमुख बिजय कुमार सरावगीले दिनु भएको छ । उहाले छठ वा छठ पछिपनि नदिलाई प्रदुसित गर्ने कसैलाई पनि नछाडिने चेतावनी दिनु भएको हो । उहाँले उद्योगहरुबाट उत्र्षजित भएका रसायण युक्त फोहर पानी वा अन्य कुनै पनि प्रकारका फोहरजन्य बस्तु खोलामा मिसाएको भेटिए हदैसम्मको कार्यवाह गरिने बताउनु भयो ।
सिर्सिया नदि एव्म वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साका पदाधिकारीहरुद्धारा ज्ञापन पत्र बुझदै नगर प्रमुख सरावगीले यस्तो चेतावनी दिनु भएको थियो । खोलामा फोहरजन्य पदार्थ मिसाउदै गरेका दुई जनालाई पक्राउ गरि कर्यावाहि अगाडि बढाइएको बताउदै उहाले खोलाको पानीलाई प्रदुषित पार्ने उद्योगका कर्मचारी वा संचालकलाई समेतलाई कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सा प्रमुखलाई आफुले निर्देशन दिएको र सो निर्देशनकैं आधारमा दुई जनालई पक्राउ गरिएको प्रस्टपार्नु भयो।
सिर्सिया खोलको पानीलाई प्रदुषित पार्ने उद्योग , संघ संस्था वा व्यक्ति वारे जानकारी दिई महानगरपालिकालाई सहयोग गर्न सर्वसाधारणसंग अपिल गर्दै नगर प्रमुख सरावगीले खोलालाई प्रदुशित पार्ने कसैलाई अधिकार नभएको प्रस्ट पार्नुभयो । उहाँले सिर्सिया खोला बहाव क्षेत्रलाई अतिक्रमण गरी बसेकाहरुलाई हटाउन महानगरपालिकाले चाँडै अभियान चलाउने र सो अभियानमा सहयोग गर्न नगरवासिलाई आग्रह गर्नुभयो ।
सिर्सिया खोलासंग जोडिएका वडाका वडा अध्यक्षहरुले खोलाको पानी प्रदुषन गर्नेलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने धारणा नगर प्रमुख सरावगीले राख्नु भयो । उहाँले खोला प्रदुषित पर्ने विरुद्ध जाई लागन वडा अध्यक्षहरुलाई निर्देशन समेत दिनुभयो ।
बारा–पर्सा औद्योगिक करिडोमा संचालित उद्योगबाट उतसर्जित रशायन युक्त पानी तथा फोहरले भइरहेको खोलाको प्रदुषण तत््काल रोकन मागगर्दै सिरिसिया बचाउ अभिायन समितिले वीरगन्जमा जुलुश प्रदर्शन गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
सिर्सिया नदिको सफाई र अतिक्रमणबाट मुक्त गराउन महानगरपालिकाले अभिायनकै रुपमा लिएर अगाडि बढेको बताउदै यसमा समाजसेवी ,विभिन्न राजनैतिक दल , पेशा कर्मि,नागरिक समाज लगायत सम्पुर्ण नगरबासिको सहयोग आवश्यक रहेको नगर प्रमुख सरावगीको भनाइ समेत रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *